• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी

यसरी कपी गरिन्छ नेपाली चलचित्रका पोष्टरहरु (फोटोफिचर सहित)



हलीउड र बलीउडका चलचित्रहरुको नक्कल गर्नु नै नेपाली चलचित्रहरुले राम्रो दर्शक नपाउनुको मुख्य कारणको रुपमा लिइन्छ । बलीउडका चलचित्रहरुको भाषमा पनि धेरै समानता हुनाले र छिमेकी देश हुनुले पनि हलीउडको भन्दा बढी प्रभाब रहने गरेको छ । बिश्वमै आफ्नो प्रभाब पार्न सफल बलीउड सिने उद्दोगबाट केही प्रभाबित हुनुलाई त अन्यथा मान्न हुँदैन तर केहि नेपाली चलचित्रहरु भने हुबहु कपी गर्दा सिंगो नेपाली सिने उद्दोग बदनाम हुने गरेको छ । अझ कतिपय चलचित्र हरुले त आफ्नो पोष्टर नै हुबहु कपी गरेर आलोचित हुने गरेका छन् । यहां यस्तै केहि नेपाली चलचित्रका पोष्टरहरु प्रस्तुत गरिएको छ जुन चलचित्रले हुबहु बलीउडका चलचित्रका पोष्टरहरुको नक्क्ल गरिएको छ ।

नेपाली चलचित्रले मात्र होइन, बलिउडले पनि चोरीको अवधारणाले निकै चलचित्रहरु बनाउने गर्दछन् । पछिल्लो समयमा धेरै चलचित्रहरु या त हलिउडको रिमेक हुने गर्दछ अथवा साउथ इन्डियन चलचित्रहरुको कथावस्तु चोरिन्छ । चलचित्रका यी कथावस्तुहरुलाई चोर्ने चलन सिर्फ कहानी र तस्बिरहरु सम्ममा मात्र सिमित नभइकन पोष्टरहरुसम्म पुगेको छ । बलीउडका कुन कुन चलचित्रका तस्बिरहरु कहाँबाट चोरी भएका छन् भन्ने रिपोर्ट भने आगामी दिनहरुमा सार्वजनिक गर्ने प्रतिबद्धताका साथ अहिले हेरौं केहि नेपाली चलचित्रका पोष्टरहरु जुन हलीउड र बलीउडका चलचित्रका पोष्टरहरुको हुबहु कपी गरिएका छन् ।