• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार



व्रिसवेन । क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्र व्रिसवेनमा आएको दशककै ठूलो आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
१ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लाखौं डलरको क्षति भएको छ भने मानवीय क्षतीको विवरण आइसकेको छैन । यद्यपि स्थानीय प्रहरीले अहिलेसम्म मानवीय क्षति नभएको दावी गरेको छ । प्रहरीका अनुसार घटनामा १२ जना घाइते भएका छन् । आँधी सँगै ठूला ठूला असिना पनि परेपछि जनजीवन अस्तव्यस्त बनेको थियो ।
ठूलो प्राकृतिक विपद आएपछि सरकारले उद्दार र सफाईका निम्ति सेना परिचालन गर्ने निर्णय गरेको छ । आँधीका कारण अझै ५० हजार घरहरु अन्धकार भएका छन् । त्यहाँ रहेका लाखौं स्थानीयहरुले विजुलीविना नै रात कटाउनु परेको छ ।
कयौं यातायातका साधनहरुमा क्षति पुगेको छ ।
ब्रिसबेनको मुख्य केन्द्रसहित अन्य ठाउँको क्षतिको विवरण संकलन कार्य जारी रहँदा कम्तिमा १ सय मिलियन डलरभन्दा बढीको क्षती भएको अनुमान छ ।
गर्मीको मौसममा समेत यस किसिमको आँधी, हावाहुरी र साथै असिना पर्दा स्थानीयहरु अन्यौलमा परेका छन् । जलवायु परिवर्तनका कारण यस्तो भएको हुन सक्ने विज्ञहरुको अनुमान छ ।
सरकारले विद्युत सुचारु गर्ने प्रयत्न गरिरहेको छ । जस अनुसार १ सय २० जना कर्मचारी यसैमा खटिएको स्थानीय सरकारले जनाएको छ ।