२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

प्राकृतिक विपदभन्दा सडक दुर्घटनाले ज्यान गुमाउने धेरै

प्राकृतिक विपदभन्दा सडक दुर्घटनाले ज्यान गुमाउने धेरै
अ अ+ अ-

काठमाडौं, २७ मंसिर । सडक दुर्घटना र प्राकृतिक विपद् कुनले पछिल्लो समय बढी मानवीय र आर्थिक नोक्सानी गरेको होला भन्ने बारेमा अध्ययन हुन सकेको छैन ।
सरकारको प्राकृतिक विपद् जोखिम व्यवस्थापनको काम प्राथमिकतामा पर्दा सडक दुर्घटना न्यूनीकरण अभियान ओझेलमा परेको विज्ञहरुको भनाइ रहेको छ ।
गृहमन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा प्राकृतिक विपद्बाट रु दुई अर्ब ८५ करोड ८० लाख र सडक दुर्घटनाबाट रु चार अर्ब १५ करोड २८ लाखबराबरको क्षति भएको अनुमान छ ।
नेपाल जनस्वास्थ्य सङ्घको रजत वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पछिल्ला वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भइरहेको जानकारी गराइयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मृत्युका कारणमध्ये सडक दुर्घटना आठौँ नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा हृदयाघात रहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले भन्नुभयो, “प्रति १० हजार जनसङ्ख्यामा १६ जना सडक दुर्घटनाका कारण मृत्युको मुखमा पर्न थालेका छन् ।”
उनका अनुसार प्रति १० हजारमा कतिजना प्राकृतिक विपद्मा परी मृत्यु हुन्छन् भन्नेबारेमा अध्ययन नै भएको छैन ।
महानगरीय ट्राफिक कार्यालयले बर्सेनि सडक दुर्घटनाबाट एक हजार ८०० जना मानिसको मृत्यु हुने गरेको जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले भने – ‘तीन वर्षमा सडक दुर्घटना दर घटिरहेको छ तर मानवीय तथा भौतिक क्षति भने वृद्धि भइरहेको छ । गत वर्ष साना र ठूला गरी आठ हजार ४०६ वटा सडक दुर्घटना भएका थिए ।’
सदस्य सचिव डा कार्कीले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिभन्दा घाइतेको उपचार र पुनःस्थापनामा खर्च बढी हुने गरेको बताए ।
घरमा एकजना बिरामी हुँदा सिङ्गो परिवार नै बिरामी पर्ने हुँदा दुर्घटनाका बिरामी (ट्रमा)लाई छिटो उपचारको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो स्वास्थ्य नीतिमा एक घन्टाका बीचमा ट्रमा उपचार केन्द्र बनाउने भनिएको छ । प्रहरी निरीक्षक पोखरेलले चालकको लापर्बाही, मादक पदार्थ सेवन र यात्रुको हेलचेक्र्याईं जस्ता कारण सडक दुर्घटना हुने गरेको बताए ।
कार्यक्रममा सङ्घका अध्यक्ष भोगेन्द्रराज डोटेलले सडक दुर्घटनाले जनस्वास्थ्यमा गम्भीर असर परिरहेकाले यसको न्यूनीकरणका लागि समन्वयात्मक काम हुनुपर्ने बताए ।