२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

सवारी चालकमाथि सार्वजनिक अपराध मुद्दा

सवारी चालकमाथि सार्वजनिक अपराध मुद्दा
अ अ+ अ-

दमौली, २७ मंसिर । मादक पदार्थ सेवन गरी तनहुँ जिल्लाभित्र सवारी साधन चलाउने तीन जना चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेको छ ।
धादिङको नौबिसे गाविस वडा नं १ घर भएका ४३ वर्षका शङ्कर श्रेष्ठ, व्यास नगरपालिका–१ का २९ वर्षका हिमकुमार श्रेष्ठ र पोखरा उपमहानगरपालिका–१३ का २२ वर्षका धु्रवबहादुर सुयल थापाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिप्रका मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मोहनकुमार खड्काले बताए ।
जाँचका क्रममा उनीहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीको भनाइ छ । ती चालकलाई दमौली अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
सवारी दुर्घटनामा ९५ प्रतिशतभन्दा बढी चालकको लापर्बाही देखिएपछि मापसे जाँच कार्यलाई तीव्र पारी यस्ता कार्यलाई अभियानकै रुपमा अगाडि बढाइएको हो ।