९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव पक्षद्वारा नुवाकोट कार्यालय कव्जा



अ+ अ-

biplovनुवाकोट, २८ मंसिर । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजित भएपछि नेत्रविक्रम चन्द पक्षले नुवाकोटको पार्टी कार्यालय कव्जा गरेकोे छ ।
चन्द पक्षले विदुर नगरपालिका वडा नं. ४ मा रहेको पहिलेको पार्टी कार्यालय कव्जा गरेपछि नेकपा–माओवादी विदुर नगरपालिका वडा नं. ३ मा रहेको एक घरमा भाडामा सरेको छ ।

पहिलेको पार्टी कार्यालय नखोल्न चेतावनी आएपछि पुरानो पार्टी कार्यालयको सम्पुर्ण कागजपत्र र सामान छाडिएको बैद्य माओवादीका एक जिल्ला सदस्यले वताए । मातृ पार्टी एनेकपा माओवादीका जिल्लावासी केन्द्रीय उपाध्यक्ष पोष्टवहादुर वोगटीको निधनपछि विचलित दुवै पार्टीका कार्यकर्ताहरु नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ ।

चन्दको नेकपा माओवादीमा पहिले वैद्य पक्षका संयोजक माइला लामा, सेक्रेटरी मीना वाइवा, सचिवालय सदस्यहरु नारायण नेपाल, सज्जन तामाङ, वलराम गजुरेललगायतका २६ जना सक्रिय कार्यकर्ता लागेको जनाइएको छ ।

विप्लवको नयाँ पार्टीमा बैद्य माओवादी नुवाकोटका इञ्चार्ज माइला लामासहित तीन दर्जन कार्यकर्ता प्रवेश गरेको जनाइएको छ ।

एकीकृत नेकपा माओवादीका एक दर्जन कार्यकर्ताहरु पनि गोप्य भेला गरी चन्द पार्टीमा प्रवेश गरेको श्रोतले बताएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ र ३ मा विजयी एनेकपा माओवादी गत २०७० सालको निर्वाचनमा तीनै क्षेत्रमा पराजित भई तेश्रो स्थानमा झरेको थियो ।