९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोबाट जोगाउन फोरम नेपालको माग



अ+ अ-

काठमाडौं, २८ मंसिर । मधेसी जनअधिकार फोरम, नेपालले शीतलहरका कारण बढेको अत्याधिक जाडोबाट जनतालाई जोगाउन सरकारसँग माग गरेको छ । यस्तै आफ्नो क्षेत्रबाट सघाउन विभिन्न संघसंस्थाहरुलाई पनि फोरम नेपालले आग्रह गरेको छ ।
फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति निकालेर विभिन्न न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग जोडदार माग गरेका छन्
विज्ञप्तिमा शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा कपडा र आगो ताप्ने दाउराको उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दल र स्थानीयवासीसंग पनि अनुरोध गरिएको छ ।
मधेशका जिल्लाहरुमा अत्याधिक चिसोसँगै शीतलहर सुरु भइसकेको भन्दै विज्ञप्तिमा बिहानपख लाग्ने बाक्लो हुस्सु, दिउँसोको तुवाँलो र हावाका कारण मधेश क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको उल्लेख छ । एक हप्तादेखि मौसम बदली हुँदा जाडोमा बिहान उठेर कामधन्दामा हिंड्नुपर्नेहरुलाई सास्ती भएको विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, सर्लाही, महोत्तरी, पर्सा, कपिलबस्तु, बाँके र बर्दिया सहित मधेशका अन्य जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर बढेको कारण अत्याधिक जाडो भएकाले जनजीवन कष्टकर बनेको छ । चिसो बढेसँगै न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न स्थानीयले माग गर्न थालेका छन् । यसपटक मधेशका जिल्लाहरुमा छिट्टै शीतलहर सुरु भएकोले स्थानीय संकटमा परेका छन् ।’
जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वासमा समस्या देखिने, बृद्धबृद्धाहरुमा जाडोले कठ्यांगिने र हाड जोर्नी दुख्ने समस्या हुनेहुँदा सचेत हुनुपर्ने भन्दै शीतलहरका कारण रौतहट लक्ष्मीनियाँ–२ मुसहरी टोलका ५० वर्षका भोला माझीको कठ्यांग्रिएर मृत्यु भइसकेको फोरम नेपालले जानकारी दिएको छ ।