९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलमा लचिलो हुने विषयमा वहस



अ+ अ-

काठमाडौँ, २८ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलमा संविधान विवादित मुद्दालाई टुङ्ग्याउने सम्बन्धमा कति हदसम्म लचिलो हुन सकिन्छ भन्ने विषय केन्द्रित रहेर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकमा संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन कुन–कुन विषयमा कति हदसम्म लचिलो हुने भन्ने सम्बन्धमा सभासद्हरुले आ–आफ्ना धारणा राखेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा प्राप्त प्रस्तावमा सहमति पनि जुटाउन नसकेको र प्रश्नावली पनि नबनाई संविधानसभामा पेस गरेपछिको परिस्थितिमाथि छलफल भएको प्रमुख सचेतक श्रेष्ठले बताए ।

सभासद् एवम् केन्द्रीय सदस्यहरुले निर्धारित मितिमै संविधान जारी गर्न संविधानसभासम्बन्धी नियमावली र संविधानसभाले संविधान निर्माणका लागि पारित गरेको कार्यतालिकालाई संशोधन गरेर भए पनि निर्णयमा पुग्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका विषयमा अन्य दलसँग भएका छलफल र सहमतिबारे जानकारी गराएका थिए ।