• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर ★   पूर्वकर्मचारीहरुसँग देउवाले भनेः आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् ★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

सङ्घर्षको तयारीमा एमाओवादी नेतृत्वको मोर्चा



फाईल फोटो

काठमाडौँ, ६ पुस । एकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)सँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय संैजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल गठन गरेको छ ।

भोली कार्यदलले सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि भोली नै अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका सदस्य तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बताए ।

मोर्चाले आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर मोर्चामा भएका छलफलका बारेमा अवगत गराउने र संविधानसभामा रहेका विवादका प्रतिवेदनलाई पुनः संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नै पठाउनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अध्यक्ष सिंहले जानकारी दिए ।

बैठकमा एमाओवादीले शनिबार काँग्रेस र एमालेसँग भएको छलफलका बारेमा जानकारी गराउँदै अब सङ्घर्षमा जानुको विकल्प नरहेको बताए पनि मोर्चामा वार्ता र सङ्घर्ष सँगसँगै अघि बढाउनेबारेमा सहमति भएको बताइएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनी प्रमुख तीन दलबीच भएको बैठकको सुरुवातमै एमाओवादीका नेताहरु असहमति राख्दै बैठकबाट बाहिरिएका थिए ।