• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

चितवनका ७ जना केराखेती गर्ने कृषकले क्षतिपुर्ती वापतको विमा रकम पाए



साउन १४ ।
हावाहुरीका कारण नोक्सानी बेहोरेका चितवनका ७ जना केराखेती गर्ने कृषकले क्षतिपुर्ती वापतको विमा रकम पाएका छन् । केराखेती गर्ने कृषकले क्षतिपुर्ती स्वरुप विमा रकम पाएको यो चितवनमा नै पहिलो पटक हो । पूर्वी चितवनको रत्ननगर स्थित जयमंगलामा रहेको चितवन केरा उत्पादक संघकै कार्यालयमा विहीवार एक कार्यक्रमका बीच विमा रकम बराबरको चेक हस्तान्तरण्ँ गरिएको हो । फ्रुडेन्सियल इन्सोरेन्स प्रालिका शाखा प्रमुख सुजन श्रेष्ठले विमा रकम हस्तान्तरण्ँ गरेका हुन् । विमा रकम पाउनेमा ११ हजार रुपैया“ देखि ९ लाख रुपैया“ सम्म छ । सबैभन्दाबढी रकम जुटपानी गाविस वडा नं. ६ खोलेसिमलका गोविन्द दाहाल छन् । उनको ४ हजार ६ सय बोट हावाहुरीका कारण्ँ क्षतिभएको थियो । उनले क्षतिपुर्ती वापत ९ लाख २७ हजार ३३ रुपैया“को चेक प्राप्त गरे । यस्तै पदमपुरका कृष्ण्ँप्रसाद भट्टराईले ७९ हजार १ सय ७६ रुपैया“को चेक प्राप्त गरे । उनको ५ सय २ वटा केराको बोटमा हावाहुरीका कारण्ँ क्षतिपुगेको थियो । क्षतिभएको मध्ये २ सय १० वटा बोटको क्षतीपुर्तीवापत उनले सो रकम प्राप्त गरेका हुन् । विमा रकम पाउने अन्यमा पूर्वी चितवनकै संचार तामाङ उनले ७८ हजार ७ सय ४४ रुपैया“, खेलप्रसाद भट्ट उनले २१ हजार ७३ रुपैया“, रेवतीप्रसाद भट्ट उनले १५ हजार ४ सय ५४ रुपैया“ र हिमनिधि तिवारी रहेका छन् । उनले ११ हजार ६ सय ४० रुपैया“को चेक प्राप्त गरे । चेक हस्तान्तरण्ँ कार्यक्रममा बोल्दै सबैभन्दा धेरै विमारकम पाउने गोविन्द दाहालले प्राप्त विमा रकमले आफुहरुमा हौसला बढेको बताए । हावाहुरीले ठूलो क्षति बेहोरेको कृषकलाई केही राहत मिलेको भन्दै यस्ता खालका राहत र अनुदानको कार्यक्रमलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताए । हावाहुरी स“गै बन्यजन्तुले समेत केराखेतीमा क्षति पुर्याउदै आएकोले यो विÈयलाई समेत विमाले संवोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले व्यवसायिक केराखेती गर्ने कृषक स्वयम पनि क्षति न्यूनिकरण्ँका लागि सचेत बन्न सकिने भएकाले त्यस खालका आधार तयार पार्न तर्फ लाग्न सुझाव दिए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण्ँ जोशीले सरकारी सहयोगको विकल्पको रुपमा विमाको अवधारणा ल्याइएको जानकारी दिए । एक गाउ“ एक उत्पादन कार्यक्रम चितवनका संयोजक समेत रहेका अध्यक्ष जोशीले चितवनमा केरा उत्पादनको सम्भावना राम्रो भएपनि सरकारी उपेक्षाका कारण्ँ कृषकहरु पलायन हुने खतरामा रहेको बताए । अघिल्लो वर्ष भएको क्षतिको विषयलाई लिएर स्थानीय तहदेखि मन्त्रालय तह सम्म भिख भागे जस्तै गरी राहत खोज्नुपरेको पीडा स्मरण्ँ गर्दै अध्यक्ष जोशीले प्राकृतिक विपद्बाट क्षति कम गर्न विमा तर्फ उन्मुख हुन सबै कृषकलाई आग्रह गरे । केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले किसानलाई सहानुभुति मिल्ने भएकाले किसानलाई विमा गर्नै वानीको विकास गर्न आवश्यक रहेको वताए ।
कार्यक्रममा संघका प्राविधिक सल्लाहकार रामलाल श्रेष्ठ, प्रुडेन्सियल इन्सोरेन्स प्रालिका चितवन शाखा प्रमुख सुजन श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष घननाथ महतो, निवर्तमान अध्यक्ष यज्ञप्रसाद सुवेदी ( लक्ष्मण्ँ ) लगायतले बोलेका थिए । संघका अनुसार चितवनमा व्यवसायि केराखेती गर्ने ६ सय जना कृषक मध्ये ३३ जनाले मात्रै खेतीको विमा गराएका छन् । विमा गराउने मध्ये ३० जनाको खेतीमा यो वर्ष आएको हावाहुरीले क्षति पुर्याएको थियो । कृषकले फ्रुटेन्सियल इन्सोरेन्स प्रालि र नेपाल इन्सोरेन्स प्रालि गरी दुईवटा इन्सोरेन्स कम्पनी मार्फत विमा गराएका छन् । ति मध्ये फ्रुटेन्सियल इन्सोरेन्स प्रालिमा दर्ता गराउनेले विमा रकम प्राप्त गरेका छन् । भने अन्यले विमा रकम पाउने अझै अत्तोपत्तो छैन् ।