९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा बसमा महानगरको १० करोड लगानी



अ+ अ-

१५ साउन, काठमाडौं । रात्रि बस सञ्चालनमा असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । महानगरबासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य नगर्दा महानगरपालिका साझातर्फ आकषिर्त भएको हो ।

काठमाडौं र ललितपुर जिल्ल्ाका दुई रुटमा १६ वटा सब सञ्चालन गरिरहेको साझालाई राति अबेर र बिहानी समयमा सञ्चालन गर्नका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि उक्त रकम खर्च गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको नागरिकमा खबर छ ।

‘साझाले अहिले ठूला बस सञ्चालन गरिरहेको छ,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘हामीले पनि नगरबासीलाई बिहान र राति अबेरसम्म बस सञ्चालन होस भनेका थियौं, त्यही अनुसार सञ्चालन हुन्छ ।’