२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा बालबालिकाको अद्र्धनग्न जुलुस



अ+ अ-

जुम्ला, साउन ३०÷ विशेष अधिकारसहितको कर्णाली राज्यको माग गर्दै जुम्लाका बालबालिकाहरुले अद्र्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।
जुम्ला सदरमुकाम खलङ्गामा शनिवार १ देखि १६ वर्षसम्मका सयांै बालबालिका सडकमा अद्र्धनग्न रुपमा विरोध प्रदर्शनमा सहभागी भएका थिए । बालबालिकाले ‘हाम्रो भविश्य अन्धकार छ, सरकारले सर्वश्व लुटेको छ’ जस्ता नारा लगाएका थिए । उनीहरुले विरोधमा कालो चस्मा लगाएका थिए । बन्दका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । संघीय संरचनामा कर्णालीलाई सुदूरपश्चिममा मिसाएको भन्दै सात दिनदेखि कर्णालीका विभिन्न जिल्लामा विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै प्रर्दशन जारी छ । प्रदर्शनमा जुम्लाको एक नगरपालिकाका र २६ वटा गाविसको गाउँ–गाउँबाट सर्वसाधारण सडकमा उत्रिएका छन् । कर्णाली अञ्चलका हुम्ला, मुग, कालिकोट र डोल्पामा पनि बन्द कायमै छ ।