४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेश लगायतको अडियो टेप संसदमा पेश



अ+ अ-

काठमाडौं, साउन ३२ ÷ गृहमन्त्री बामदेव गौतमले सभासद्हरुले नै क्षेत्रीय द्वन्द्व र सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै अडियो टेप संसदलाई उपलब्ध गराएका छन् ।

सोमवारको संसद बैठकमा गृहमन्त्री गौतमले संघीयताको सिमाङ्कनका विषयमा आवेशमा आएर सभासद्हरुले सद्भाव भड्काइरहेका सरकारको ध्यानाकर्षण भएको भन्दै संसदमा अडियो पेश गरेका हुन् । केही दिनअघि काँग्रेस सभासद् अमरेश सिंह लगायतले हतियार उठाएर पहाडीलाई तराईबाट हटाउने सामाजिक सद्भाव विपरितको अभिब्यक्ति दिएका थिए ।

हमन्त्रीले टेप उपलब्ध गराए लगत्तै सभामुख सुवास नेम्वाङले अडियो टेपबारे आवश्यक छानबिन र अनुगमन गर्न संसदको सम्बन्धित समितिलाई निर्देशन दिएका थिए ।
संसदको शून्य समयमा पनि एमाले सांसद गरीमा शाह लगायतले पनि सांसद सिंहका अभिब्यक्तिको आपत्ति जनाएका थिए ।