१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया सञ्चालक संस्थाबीच एकता, अध्यक्षमा सिरोहिया



अ+ अ-

काडमाडौं साउन ३२ ÷ नेपालका निजी क्षेत्रका राष्ट्रिय मिडियाका सञ्चालकहरु कान्तिपुर पब्लिकेशनका कैलाश सिरोहियाको नेतृत्वमा एकताबद्ध भएका छन् ।

छापा माध्यमका सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र टेलिभिजन ब्रोडकाष्टर्स नेपालबीच शनिवार सम्पन्न दुबै संस्थाको संयुक्त कार्यसमिति बैठक र भेलाले ब्रोडसिट राष्ट्रिय दैनिक तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरूको बृहत्तर व्यावसायिक हकहितका लागि साझा संस्थाको रूपमा एकताको निर्णय गर्दै ‘मिडिया सोसाइटी, नेपाल’ बनाएको हो ।

सोसाइटीको उपाध्यक्षमा एभिन्यूज टेलिभिजनका भाष्करराज राजकर्णिकार र माउण्टेन टेलिभिजनका राजु क“डेल, महासचिवमा एबीसी टेलिभिजनका शुभशङ्कर क“डेल, सचिव आर्थिक अभियान दैनिकका मदन लम्साल र कारोबार दैनिकका शिशिर भट्ट कोषाध्यक्ष चयन भएका छन् । १४ जना सदस्यमा भने टेलिभिजनका ९ र पत्रिकाका ५ जना रहेका छन् (विस्तृत हेर्नुस् विज्ञप्ती) ।

सोसाइटीले छिटै नै संकटग्रस्त अवस्था झेल्न बाध्य नेपालको मिडिया क्षेत्रको सुधार तथा व्यवस्थित गर्नका लागि सरकारसंग छलफल गर्ने निर्णय भएको छ । राज्यको चौथो अंगको रुमपा रहेको मिडिया उद्योगलाई राज्यले विशेष उद्योगको रुपमा मान्यतापसमेत प्रदान गरी सोही अनुसारको व्यवहार गर्नसमेत सरकारसंग जोडदार माग गरेको अध्यक्ष कैलाश सिरोहियाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।