२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान

लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान
अ अ+ अ-

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता, नाटक, आख्यान र निबन्ध गरी साहित्यका चारवटै विधामा आफ्नो वहुमुखी सृजनशीलता देखाएका छन् । उनी मुख्यतः कवि तथा निबन्धकारका रुपमा स्थापित एवं प्रसिद्ध छन् । यीमध्ये पनि उनको कवित्व ज्यादा विख्यात छ र उनी महाकविकै रूपमा प्रतिष्ठा प्राप्त छन् । उनको महाकवित्वको पुष्टि गर्ने आधार धेरै छन् र तीमध्ये उल्लेखनीय आधार हुन्ः कविता विधाका लघु, मध्यम र वृहत् रूपको प्रचुर परिमाणात्मक एवं उत्कृष्ट गुणात्मक सृजना, उच्च कल्पनाशीलता, भावाधिक्य र भावावेग, तीव्र संवेदनशीलता, आशु सृजन सामथ्र्य, युगबोध, राष्ट्रप्रेम, मानवतावाद, सामाजिक–सांस्कृतिक सुधारवादी क्रान्तिकारी सञ्चेतना, उक्ति वैविध्य, सहज, स्वस्फूर्त रम्य रागात्मक ललित भाषाशैली, भाव सहजात बिम्बालङ्गकारको प्रयोग, व्यञ्जनाधर्मी प्रतीक विधान, लय वैविध्य आदि । यस लेखमा उनको खण्डकाव्यमा प्रयोग गरिएको लय विधान र त्यसमा देखिने वैविध्यलाई मात्र अध्ययनको विषय बनाइएको छ । 

बध्द लयढाँचा भनेको कवितात्मक चरणगत स्वर–व्यञ्जन वर्णको अन्तरालन, आवृत्ति एवं समानुपातिक वितरणमा आधारित हुने लय ढाँचा हो भने मुक्त लयढाँचा भनेको कवितात्मक पङ्तिगत स्वर–ब्यञ्जन वर्णको अन्तरालन, आवृत्ति र असमानुपातिक वितरणमा आधारित हुने लयढाँचा हो र यसलाई गद्य कवितात्मक लय पनि भन्दछन् ।
 
लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यमा छन्दको प्रयोग
लक्ष्मीप्रसाद देवाकोटाले आफ्ना कविता तथा महाकाव्यमा जस्तै खण्डकाव्यमा पनि मुख्यत दुई थरी लय ढाँचाको प्रयोग गरेका छन् । ती हुन् : बध्द लयढाँचा र मुक्त लयढाँचा । लक्ष्मीप्रसाद देवकोटाले आफ्ना खण्डकाव्यहरुमा यी दुई थरी लय ढाँचाको जे–जस्तो प्रयोग गरेका छन्, त्यसको बारेमा तल अध्ययन गरिएको छ । लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यमा बध्य लय ढाँचाको प्रयोग लक्ष्मीप्रसाद देवकोटाले आफ्ना खण्डकाव्यमा बध्दलय ढाँचाको प्रयोग गरी वर्ण मात्रिक, मात्रिक र लोकलय गरी तीन प्रकारका छन्दको प्रयोग गरेका छन् ।
२.१.१ वर्ण मात्रिक छन्दको प्रयोग कविताको प्रत्येक पाउमा वर्ण र मात्राको समानुपातिक वितरण गरिने छन्दलाई वर्णमात्रिक छन्द भनिन्छ । यसलाई वार्णिक छन्द भन्ने चलन पनि छ । लक्ष्मीप्रसाद देवकोटाले वर्णमात्रिक छन्दको प्रयोग गरी रचेका खण्डकाव्यहरु यी हुन् ः राजकुमार प्रभाकर (स्वागता, शार्दुलविकीडित, उपजाति, अनुष्टुप् वियोगिनी अपरान्तिका मालिनी, पृथ्वी शिखरिणी र वसन्ततिलका) तुषार–वर्णन (अनुष्टप्) नेपाली मेघदुत (मन्दाक्रान्ता र स्रग्धरा) नवरसका आठवटा खण्डकाव्य (मालिनी शार्दूलाविकीडित, रथोध्दता, स्रग्धरा वसन्ततिलका, भुजङ्ग्रप्रयात, शिखरिणी, पृथ्वी, दु्रतविल म्वित, शालिनी, तोटक, इन्द्रवंश, वंशस्थ, उपजाति, अनुष्टु्प र प्रमाणिका) वैराग्य लहरी (शिखरिणी, द्रुतविलम्वित, मालिनी) आनन्द शतक (भुजङगप्रयात) झञ्झा–वर्णन (स्रग्धरा) भ्यागुर नारान (भुजङगप्रयात) र घोडचढी (स्वागता) ।
 
यसरी हेर्दा लक्ष्मीप्रसाद देवकोटाले राजकुमार प्रभाकर खण्डकाव्यमा दशवटा छन्दको प्रयोग गरेको भेटिन्छ र यस खण्डकाव्यमा उनले चौध पटकसम्म छन्द परिवर्तन गरेको पाइन्छ । यस खण्डकाव्यमा उनले स्वागता छन्दकै प्रयोग बढी गरेका छन् । वर्णमात्रिक छन्द प्रयोग भएका उनका सबै खण्डकाव्यमा कहीँ कतै नगन्य रुपमा छन्द भङ्ग भएको देखिए पनि प्रायः वर्णमात्रिक छन्द प्रयोग भएका खण्डकाव्यमा ती सबै छन्दका वर्ण मात्रा वितरणसम्बन्धी नियमको पूर्णतः पालना गरिएको देखिन्छ । उनले असङ्ख्य वर्णमात्रिक छन्दलाई आफ्ना भावावेगका बाहकका रुपमा बेरोकतोक प्रयोग गरेका छन् र कुनै पनि कठिन छन्दले उनको भाव प्रवाहलाई रोक्न सकेको छैन । त्यसैले वर्णमात्रिका छन्दको प्रयोग भएका उनका खण्डकाव्यहरुमा गीतिचेत तीव्र रुपमा प्रकट भएको छ भन्न सकिन्छ ।
 
२.१.२. मात्रिक छन्दको प्रयोग कविता काव्यका पाउ–पाउमा वर्ण या अक्षरहरुको मात्रा–गणनाका आधारमा पद्यात्मक रचना गरिने शास्त्रीय छन्दलाई मात्रिक छन्द भनिन्छ । लक्ष्मीप्रसाद देवकोटाका दुष्यन्त–शकुन्तला–भेट, रावण–जटायुयुद्ध, सीताहरण नाला र आँसु खण्डकाव्यहरुमा मात्रिक छन्दको प्रयाग गरिएको छ । यीमध्ये दुष्यन्त– शकुन्तला भेट र रावण जटायुद्धमा उनले अमिताक्षर मात्रा छन्दको प्रयोग गरेका छन् र तिनको यो मात्रिक लय गद्य कवितातर्फ उन्मुख छ । (अवस्थी ४१९.पृ २०६१, ४१९) देवकोटाले मात्रिक छन्दको प्रयोग गरेको एउटा उदाहरण तल प्रस्तुत गरिएको छ । “ बेर भयो हकि लक्ष्मण ज्यादै ढल्की साँझ– गुराँस थकित भईकन बनमा अड्दछ दिनभर त्वरित वतास । (सीताहरण पृ. २४) प्रस्तुत श्लोकमा विषम मात्रिक छन्दको प्रयोग भएको छ ।
 
२.१.३ लोकलयको प्रयोग लक्ष्मीप्रसाद देवकोटाले विविध नेपाली लोकलयको प्रयोग गरी निकै खण्डकाब्य रचेका छन् । ती हुन्ः ‘मुनामदन’, ‘लूनी’, ‘तिप्लिङ्गी‘, ‘कुञ्जिनी’, ‘म्हेन्दु’, ‘कटक’, ‘मैना बसन्ती–एक’, ‘बसन्ती–दुई’, ‘सृजामाता’ ‘पहाडी पुकार’ र ‘नामसमझको गाँठो’ । यीमध्ये मुनामदन, मैना, बसन्ती एक, बसन्ती दुई, सृजामाता र पहाडी पुकार जस्ता छवटा खण्डकाव्यमा उनले एक हरफमा सोह्र अक्षर हुने नेपाली भ्mयाउरे लोकलयको प्रयोग गरेका छन् भने लूनी, तिप्लिङ्गगी र म्हेन्दु मा भने विविध लोकलयका साथै भोटे सेलोको प्रशस्त मात्रामा प्रयोग गरेका छन् । उनले कटक खण्डकाव्यमा नेपाली वीरगाथात्मक कर्खा लोकलयको प्रयोग गरेका छन् भने नासमझको गाँठोमा सवाई लोकलयको प्रयोग गरेका छन् र उनले कुञ्जिनी खण्डकाव्यमा भने एघार अक्षरदेखि बीस अक्षरसम्म हुने विविध नेपाली लोकलयको प्रयोग गरेका छन् ।
 
लोकलयमा पनि स्तरीय कविता लेख्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्दै देवकोटाले नेपाली साहित्यमा सर्वप्रथम ‘मुनामदन’, खण्डकाव्य मार्फत झ्याउरे लयलाई कवितात्मक स्तरीयता प्रदान गरे र यही झ्याउरे लयमा लेखिएको मुनामदन खण्डकाव्य नै नेपाली खण्डकाव्यको सर्वोत्कृष्ट लोकप्रिय खण्डकाव्य बन्न पुग्यो । लोकलय प्रयोग भएको केही उत्कृष्ट उदाहरणहरु तल पस्तुत गरिएको छ । “ क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” ( मुनामदन, पृ.२२) “ स्वर्ग छैन टाढा अव पहाड टाकुरामा कलेजी रंग हरियो भो मनको आँकुरामा !” ( कुञ्जिनी, पृ.२५) “ढुङ्गा झै कठोर हृदय लिई किन हो हेरेकी सारै नै कुरुप म पनि छैन के आँखा तरेकी” (मैना, पृ.३६) “ गोर्खालीको झुक्दैन सिर झुक्ने छैन संसारको अगाडि, रणमा पीठ फर्काउने छैन हट्ने छैन जङमा पछाडि” ।। (कटक, पृ. ५५) छन्दका लागि नभई भावका लागि कविता लेख्ने कवि भएकाले आफ्ना हृदयका कल्पना र भावनाका प्रवाहअनुसार लक्ष्मीप्रसाद देवकोटाको बध्द लय पनि बगेको देखिन्छ । २. मुक्त लयढाँचा लक्ष्मीप्रसाद देवकोटाले मुक्त लय ढाँचा प्रयोग गरी रचेको एउटामात्र खण्डकाव्य ‘मायाविनी सर्सी’ हो ।
 
उनले यस खण्डकाव्यमा एक भाव लहरलाई एक गद्य कवितात्मक श्लोक (अनुच्छेद) मा पुरा गर्ने प्रवृति देखाएका छन् र यसको सबै श्लोकमा समानुपातिक गद्य कवितात्मक हरफको प्रयोग गरेको देखिन्न तीनदेखि सतचालिस हरफसम्मका श्लोक (अनुच्छेद) प्रस्तुत खण्डकाव्यमा प्रयोग भएका छन् । गद्य कविता भए पनि अन्तर–अनुप्रासीयता र अन्त्यानुप्रासियताको प्रयोग यस खण्डकाव्यमा जताततै भेटिने हुनाले यस खण्डकाव्यका अनुच्छेदमा लयगत माधुर्य भरिन गई सङगीतात्मकताका दृष्टिले यो खण्डकाव्य उत्कृष्ट बन्न पुगेको छ र नेपाली खण्डकाव्यका इतिहासमा यो सफल गद्य खण्डकाव्य ठहरिएको छ । यस खण्डकाव्यको एउटा उत्कृष्ट गद्य कविताको नमुना तल प्रस्तुत गरिएको छ । “ के यही हो महावीरता, महाध्येयपछिको अविश्रान्त गमन ? के प्राप्ति नै महावस्तु हो ।। ” (मायाविनी सर्सी, पृ ३२) यसरी वर्णमात्रिक, मात्रिक र लोकछन्दजस्ता बद्धलय ढाँचामा देवकोटोले लामो साधना र अभ्यास गर्नुको कारणले गर्दा उनको मुक्त गद्य लय ढाँचामा पनि तीव्र गेयगुण तथा उच्च अन्तः सङ्गीतद्धारा ओतप्रोत हुन पुगेको देखिन्छ ।
 
३. निष्कर्ष लक्ष्मीप्रसाद देवकोटाले आफ्ना खण्डकाव्यमा बद्धलय ढाँचाका वर्णमात्रिक, मात्रिक, लोकलय र मुक्त ढाँचाका गद्य कवितात्मक लयको प्रयोग गरेका भए पनि उनले मूलतः लोकलयको ढाँचा अँगालेको खण्डकाव्यमा उच्च सफलता हाँसिल गरेको देखिन्छ । त्यसपछि उनले गद्य कवितात्मक लय ढाँचामा लेखिएको ‘मायाविनी सर्सी’ मा उत्कृष्ट गुणात्मकता देखाउन सकेका छन् । वर्णमात्रिक तथा मात्रिक छन्द ढाँचाको प्रयोगमा पनि उनी प्रवीण नै देखिन्छन् । प्रायः उन्मुक्त पंक्ति वितरणमा आधारित श्लोक विधान÷ अनुच्छेद विधान गर्ने, भावप्रवाह अनुसार भाषा तथा लय दुवैलाई परिचालित गर्ने लयलाई आन्तरिक तथा अन्त्यको अनुप्रासद्वारा स्वस्फूर्त रुपमै श्रुतिमधुरता प्रदान गर्ने जस्ता जुन प्रवृति उनले देखाएका छन् , त्यसबाट उनको खण्डकाब्यात्मक वैविध्यपूर्ण लयाविधान पनि सशक्त प्रभावकारी एवं आकर्षक बन्न पुगेको पाइन्छ ।