३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.81

Wind: 1.03

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा निषेधाज्ञा जारी



अ+ अ-

भैरहवा, ५ भदौ । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सदरमुकाम भैरहवामा बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति रुपन्देहीका अध्यक्ष तथा प्रजिअ विष्णु ढकालले शान्ति अमनचयन कायम गर्न पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतम बुद्ध विमानस्थल, उत्तरमा पडसरी र दक्षिण सिमानाका बेलहियासम्म निषेधाज्ञा गरिएको बताउनुभयो ।
दश दिनदेखि प्रदेश सीमाङ्कनका विषयमा असहमति जनाउँदै भैरहवामा संयुक्त मधेसी मोर्चाले आन्दोलन गर्दै आएकामा बिहीबार आन्दोलनका क्रममा तोडफोड आगजनी भएपछि स्थानीयवासी प्रतिवादमा उत्रेका थिए ।