९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीबाट १८ जना बन्दकर्ता पक्राउ, बन्दको प्रभाव सामान्य



अ+ अ-
फाइल फोटो

काठमाडौँ, भदौ ६ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासंघका १८ कार्यकर्ता आइतबार बिहान पक्राउ परेका छन् ।

बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक र ताल्सिखेल ललितपुरबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमांकन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको हो ।

बन्दको सामान्य प्रभाव

विभिन्न राजनीतिक दलले संयुक्त रुपमा आइतबार आयोजना गरेको नेपाल बन्दका कारण काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सवारी साधन सडकमा कम गुडेका छन् भने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सञ्चालनमा छन् ।

उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन सञ्चालन हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ ।