९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारखालको पर्खाल भत्कन थालेपछि पैदल यात्री जोखिममा



अ+ अ-

काठमाडौँ, भदौ ५ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल वरिपरिको पर्खाल गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्प एवं वर्षाले भत्कन थालेको छ ।

गौशालाचोक–जयवागेश्वरी मन्दिरदेखि सिफलचौरको सेरोफेरोमा फैलिएको पशुपति भण्डारखालको पर्खाल भत्कन सुरु भएपछि यसको वरपरबाट हिँड्ने मानिसमा जोखिम बढेको छ ।

‘बिहान–बेलुका हिँड्ने बाटोसँगैको पर्खाल भत्कन थालेपछि बाटो हिँड्न पनि डराउनुपरेको छ’–स्थानीयबासी गोपाल आचार्यले भने ।

ऐतिहासिक स्थल भएर पनि भण्डारखालको पर्खालको मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान नगएको उनले गुनासो गरे ।

कोषले भण्डारखाल क्षेत्रको १०४ रोपनी जग्गामा फूलको बगैँचा बनाउने योजना अघि सारेको वषौँ बितिसक्दा पनि कार्यानवयन नगर्दा पवित्रस्थल पशुपति क्षेत्रको भण्डारखाल लागूपदार्थ दुव्र्यसनी र अश्लील जोडीको क्रीडास्थलका रुपमा विकास भएको स्थानीयवासी श्याम वैद्यको भनाइ छ।

कोषका पूर्व कोषाध्यक्षसमेत रहेका स्थानीयवासी नरोत्तम वैद्य भण्डारखाल लिच्छविकालीन बस्ती रहेको ऐतिहासिक स्थल भएको तथ्य पुरातत्व विभागले उत्खनन् गर्दा फेला परेको प्रमाणबाट प्रमाणित भएको बताउँछन् ।

‘गत वर्षको उत्खननमा पोखरी र त्यसअघि पर्खाल भेटिएको थियो, उत्खनन्मा पाइएका अन्य सामग्रीबाट यो स्थानमा लिच्छविकालीन बस्ती रहेको प्रमाणित हुन्छ’–उनले भने ।

हरिसिद्धिको १२ वर्षे मेला भण्डारखालको सुनको प्रवेशद्वारबाट छिराइने र चाँदीको द्वारबाट निकालिने गरेको छ । कंक्रिटको जंगलमा परिणत भएको उपत्यकाको बीचमा रमाइलो जंगलका रुपमा बाँकी रहेको यो ऐतिहासिक स्थललाई संरक्षण गरिनुपर्ने स्थानीयबासीको माग छ ।

कोषका सदस्यसचिव डा गोविन्द टण्डन ऐतिहासिक स्थल भण्डारखाललाई संरक्षणका लागि गुरुयोजना बनाई लागू गरिने तयारी गरिएको बताउँछन् ।

‘भण्डारखाललाई व्यवस्थित बनाउने योजना बनेको छ, यसलाई कार्यान्वयन गराउने तयारी गरेका छौं’–उनले भने ।