२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेश सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ, भदौ ५ । साफ यु–१९ च्याम्पियनसिप फुटबलअन्तर्गत् शनिबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएको छ । हारसँगै भूटान प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ ।

भुटानको लगातार दोस्रो हारले नेपाल र बंगलादेश भने समूह ’ए’बाट एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् । नेपाल र बंगालादेशको समान ३÷३ अंक छ । दुवैको गोल अन्तर पनि समान रहेको छ । यसअघि, उद्घाटन खेलमा भूटान नेपालसँग ३–० ले पराजित भएको थियो ।

तस्वीरः एन्फा ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशका लागि रोहित सरकारले ४१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल मनाफ रब्बीले ४३औँ मिनेटमा गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा गोल गर्न सकेन ।

समूहको विजेता भने आगामी सोमबार नेपाल र बंगलादेशबीच हुने खेलले निर्धारण गर्छ ।

आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तानले यसअघि शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ भने भारतको यो पहिलो खेल हुनेछ ।