• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

सदभावनाले छोड्यो संविधानसभा



काठमाडौं भदौ ६ – नेपाल सदभावना पार्टीका सभासद्हरुले विगतका सम्झौता अनुसार प्रदेशहरुको बाँडफाँड नगरिएको भन्दै संविधानसभा सदस्यको पद त्याग गरेका छन् ।
सदभावनाका सभासद्हरु लक्ष्मणलाल कर्ण, विमल कुमार केडिया र शैलकुमारी यादवले आइतवार सभाध्यक्ष सुवास नेम्वाङ समक्ष राजीनामा दिएका हुन् । सांसद र संविधानसभा सदस्यको दोहोरो भूमिकामध्ये उनीहरुले संविधानसभाबाट मात्र राजिनामा दिएको बताएका छन् ।
सदभावनाका पाँच जना सभासद् रहेकोमा प्रत्यक्षमा निर्वाचित सभासद् संजयकुमार साह जनकपुर हत्याकाण्डमा दोषी ठहर भइ जेलमा रहेका छन् भने अर्का एक सभासद् विदेशमा रहेकाले राजीनामा दिएका छैनन् ।