२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन प्रतिशत थ्रेसहोल्ड चाहिन्छ : आयुक्त यादव



अ+ अ-

 

निर्वाचन आयोगले नयाँ संविधानमा निर्वाचन प्रणालीका सम्बन्धमा समेट्नुपर्ने २० बुँदे सुझाव संविधानसभालाई दिएको छ । आयोग कस्तो निर्वाचन प्रणाली चाहन्छ भन्नेबारे निर्वाचन आयोगका आयुक्त डा.अयोधीप्रसाद यादवसँग गरिएको कुराकानीको सम्पादित अंशहरु :

निर्वाचन आयोगले संविधानसभालाई दिएको सुझावमा के–के कुरा छन् ?
– निर्वाचन आयोगले निर्णय गरेर साउन ३ गते संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई नयाँ संविधानमा निर्वाचन प्रणालीका विषयमा २० बुँदे सुझाव दिएको छ । हामीले विदेशमा बस्ने नेपालीको मतदाता नामावली तयार गर्न पाउने र उनीहरुलाई पनि मतदानमा सहभागी बनाउनु व्यवस्था गर्न सुझाव दिएका छौं । दोश्रो सरकारसँग समन्वय गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने छ । त्यस्तै राष्ट्रिय दल हुनका लागि कम्तीमा पनि तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्न भनेका छौं । निर्वाचन क्षेत्र निर्धारणको जिम्मा निर्वाचन आयोगलाई दिनुपर्ने, राष्ट्रिय निर्वाचनको निश्चित मिति तोक्नुपर्ने र स्थायी निर्वाचन आयोगको व्यवस्था गर्न भनेका छौं ।

नेपालमा तीन प्रतिशत थ्रेसहोल्डको आवश्यकता किन देख्नुभयो त ?
नेपालमा हरेक बर्ष दलको संख्या बढिरहेको छ । हरेक निर्वाचनमा हामीलाई दलको व्यवस्थापन चुनौती बन्दै गइरहेको छ । निर्वाचनलाई मितव्ययी र प्रविधियुक्त बनाउन धेरै दलले बाधा पुग्छ । जस्तो विद्युतीय मतदान गर्ने हो भने मत बदर संख्या घट्छ । मतदान गर्न र मत परिणाम पनि चाँडै पाउन सकिन्छ । त्यसैले थोरै दल हुँदा हामीलाई व्यवस्थापन गर्न सजिलो हुन्छ । यसो भनिरहँदा हामी व्यवस्थापनको जिम्मेवारीबाट भाग्न खोजेका होइनौं । हामीले दलको वित्तिय व्यवस्थापनको कुरा पनि गर्दै आएका छौं । निर्वाचन आयोगमा तीन बर्षदेखि धेरै दलले खर्चको हिसाब किताब नै बुझाएका छैनन् । त्यसैले दलहरुको पारदर्शीताका लागि पनि थोरै दल हुँदा सजिलो हुन्छ ।

थोरै दल हुँदाको अरु फाइदा के हुन सक्छन् ?
थोरै दल हुँदा निर्वाचन मितव्ययी र प्रविधिको प्रयोग गर्न सजिलो हुन्छ । साथै विश्वको अभ्यास हेर्ने हो भने दलहरुलाई राज्यकोतर्फबाट सहयोग मिल्ने गर्छ । त्यसको आधार भनेकै दलले निर्वाचनमा प्राप्त गरेको मत हुने गर्छ । हामी त्यसका लागि पनि पहल गरिरहेका छौं । नेपालमा धेरै दल भएकाले तत्कालै यो लागू गर्न कठिन छ । २०७० सालको संविधानसभाको निर्वाचनमा १२२ वटा दलले भाग लिएका थिए । अहिले दलको संख्या १७८ वटा पुगेको छ । निर्वाचनको बेलासम्म यो संख्या अझैं बढ्ने निश्चित छ ।

भनेपछि दलको संख्या घटाउन थ्रेसहोल्ड चाहियो हैन त ?
प्रजातन्त्रमा दल खोल्न पाउनुपर्छ तर रहरले होइन आवश्यकताले खोल्नुपर्छ । तर दल धेरै हुँदैमा प्रजातन्त्र बलियो हुने हो र ? के सबै दल देश र जनताप्रति उत्तिकै उत्तरदायी छन् त ? मलाई त्यस्तो लाग्दैन । त्यसैले
दललाई उत्तरदायी र जिम्मेवार बनाउन विश्वमा थे्रसहोल्डको व्यवस्था छ । एकदेखि १० प्रतिशतसम्म थ्रेसहोल्डको व्यवस्था छ ।

नेपालमा पनि थ्रेसहोल्डको व्यवस्था गर्न सम्भव छ त ?
नेपाल अधिराज्यको संविधान, २०४७ मा पनि ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था थियो । त्यसैले अहिले पनि सम्भव छ । यो राष्ट्रको आवश्यकता हो भनेर नै निर्वाचन आयोगले संविधानसभालाई सुझाव दिएको हो ।