२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली, बाँके र रौतहटमा कफ्र्यू, २० दिनदेखि आन्दोलन जारी



अ+ अ-

काठमाडौं, भदौ ८ । संघीयताको सिमाङ्कनको विषयमा कैलाली–कञ्चनपुर लगायत देशका विभिन्न जिल्लामा २० दिनदेखि आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि स्थानीय प्रशासनले विभिन्न जिल्लामा कफ्र्यूृ र निषेधाज्ञा जारी गरेको छ ।

सोमवार ७ प्रहरीसहित ८ जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगरपालिकासहित ६ गाविसमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । कैलाली–कञ्चनपुरमा आन्दोलन शुरु भएको २० दिन पूरा भएको छ ।
प्रशासनले सोमवारदेखि दुर्गौली, जोशीपुर, नारायणपुर, धनसिंहपुर, मुनुवा र पत्थरैयामा कफ्र्यु आदेश जारी गरेको हो । सोमवार कैलालीको टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट सात सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको थियो । घटनामा नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरीका २२ जना घाइते भएको र घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचार गर्न नेपालगञ्ज र काठमाडौं ल्याइएको छ । घटनामा ४ जना आक्रमणकारी पनि घाइते भएका थिए ।
बाँके जिल्लाको नेपालगञ्जमा पनि कफ्र्यु आदेश जारी गरिएको छ । राँझादेखि जमुनाहासम्म, फुल्टेक्रादेखि नन्दनी मिलसम्मको क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको हो । आन्दोलनका कारण बाँकेमा लगातार १४ दिनदेखि बन्द छ ।
रौतहट सदरमुकाम गौरमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै गएपछि बाध्य भएर प्रहरीले बल प्रयोग गर्नुपरेको र हिजो अपरान्ह साढे ४ बजेदेखि आज विहान ५ बजे सम्मका लागि कर्फयु आदेश जारी गरेको बताए ।
नवलपरासीमा पनि सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको पञ्चनगर भूताहादेखि राजमार्गहुँदै सुनवलसम्म निषेधाज्ञा जारी गरेको छ । रामग्राम नगरपालिकाका सबै वडा, पूर्व पश्चिम लोकमार्गको पूर्वमा पञ्चनगर– भूताहादेखी पश्चिममा सुनवल चोकसम्मको १२ कि.मी. दुरीलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ । निषेधाज्ञा १३ गतेसम्म लागू हुने प्रशासनको सूचनामा जनाइएको छ ।
जिल्लालाई विभाजित गरेको भन्दै एकीकृत रुकुम संघर्ष समितिले आन्दोलनमा जारी राखेको छ । समितिले सिंगो रुकुमलाई ५ नम्बर प्रदेशमा राख्न संविधानसभालाई २४ घण्टे अल्टिमेटमसमेत दिएको छ ।
चितवनदेखि कञ्चनपुरसम्मको तराइलाई थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै १३ दिनदेखि नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्लामा पनि प्रदर्शन जारी छ । यस्तै मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दबाट मध्य तराइका आठ जिल्लाको जनजीवन कष्टकर बनेको छ । सप्तरीका राजविराज, भारदह, रुपडी, कुसवा, कञ्चनपुर, कल्याणपुरलगायतका स्थानमा प्रदर्शन जारी छ ।