९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सभासद्लाई केपी ओलीको आदेश



अ+ अ-

काठमाडौं, भदौ ८ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले नयाँ संविधानमाथि हुने छलफलमा पार्टी नीति विपरित धारणा नराख्न सभासद्हरुलाई कडा आदेश दिएका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार संसदीय दलको बैठक डाकेर अध्यक्ष केपी ओलीले संविधानसभामा कुनै धारणा राख्नुपर्ने नै पर्ने भए प्रमुख सचेतकलाई सम्पर्क गर्न पनि निर्देशन दिएका हुन् ।
‘संविधानसभामा पार्टीको व्हीप लाग्दैन । पार्टी सदस्यहरुलाई यो मेरो पार्टी अध्यक्षको हैसियतले आदेश हो’ उनले भने–‘पार्टीको दृष्टिकोण, आधिकारिक धारणा, आदेश र निर्णय विपरित केही नबोल्नुहोला ।’

संसदीय दलको २९ औं बैठकले तीन वटा प्रस्ताव पारित गरेको छ । जसमा कैलालीको घटनालाई मानवताविरोधीप् निन्दा र भत्र्सना गर्दै घटनाबारे सरकारले न्यायीक छानबिन गर्नुपर्ने, हत्याको योजना बनाउने र हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेको छ । त्यसैगरी गरी घटनामा ज्यान गुमाउने सुरक्षाकर्मीलाई एक तह बढुवा गर्न र सुरक्षा व्यवस्थामा कमजोरी गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । यसअघि मंगलवार नै पश्चिमाञ्चल र मध्यमाञ्चलका सभासद्को भेला डाकेको थियो