२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनमा मात्र पन्ध्र मिनेटको श्रमले चन्द्रबहादुरले बनाए बाह्रवटा चौतारी



अ+ अ-

म्याग्दी, ९ भदौ । जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ ।

कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि बढ्न थालेको छ । विगत ६ महिनादेखि दैनिक १५ मिनेटका दरले श्रमदान गरेर कार्कीले बेनी नगरपालिका–४ अन्तर्गतका खवरा, रोहोटे, बगरफाँटका गाउँलगायत सामुदायिक वन क्षेत्र र बाटोमा १२ वटा चौतारी निर्माण गर्नुभएको स्थानीयवासी रामबहादुर सापकोटाले जानकारी दिनुभयो ।

दैनिक १५ मिनेटको श्रमदानले प्रत्येक टोलमा फोहर फाल्ने खाल्डो निर्माण भइसकेको छ भने बेनपा–४ खवरादेखि बेनी आउने बाटो पनि सफा रहनुका साथै पायक पर्ने विभिन्न १२ भन्दा बढी स्थानमा चौतारो निर्माण गरिएको कार्कीले बताउनुभयो । गाउँका लागि सरसफाइ, पानीका मुहान सरसफाइ, वृक्षरोपण, चौतारो निर्माण लगायतका काम गरिसकेका कार्कीले एक दिनमा १५ मिनेटको श्रमदानले सामाजिक सद्भावसमेत बढाएको जानकारी दिनुभयो ।

समाजका लागि काम गर्दा आपसी भेटघाट बढ्नुका साथै सद्भावसमेत बढ्ने गरेको छ कार्कीले भन्नुभयो । समाजको काममा त्यो समाजमा बस्ने सबैको दायित्व हुन्छ भन्ने बोध गराउन र सामाजिक कार्यमार्फत परिचित हुने उद्देश्यले सुरु गरेको चौतारी निर्माण र वरपिपल अभियानबाट आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कार्कीको भनाइ छ । रासस