२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयम बनौं : अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ, भदौ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखनलाई पूर्णता दिन अत्यन्तै संयमित र धैर्यताका साथ लाग्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

बुधवार संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भने, “हामी लोकतान्त्रिक संविधान लेखनको हिसाबले हामी अत्यन्तै ऐतिहासिक र गम्भीर मोडमा आइपुगेका छौं । आफना जनप्रतिनिधिबाट संविधान बनाएर घोषणा गर्ने जनताको लामो चाहनाको अत्यन्त नजिक पुगेको छौँ ।’’
“संविधान निर्माणको जिम्मेवारीलाई सबै एकताबद्ध भएर पूरा गरौँ, हामी नेपाली दाजुभाइ एक अर्कोको शत्रु होइनौँ भनेर सामाजिक सदभाव कायम राख्ने काम गरौं । छलफल गरेर अघि बढ्न सक्छौँ ”, ओलीको आग्रह थियो ।