९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गएरातिको पहिरोमा परी पाँचको मृत्यु भएको पुष्टि



अ+ अ-

नुवाकोट, ११ भदौ । नुवाकोटको गोस्र्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पाँचको मृत्यु भएको पुष्टि गरे पनि सनाखत हुन नसकेको जनाएको छ । स्थानीयवासीले दिएको जानकारीअनुसार पाँचको शव पुरिएको अवस्थामा देखिएको छ । बिहान सबेरै प्रहरी घटनास्थलमा पुगे पनि उद्धारमा कठिनाइ भएको छ । पहिरोबाट छजनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको र घटनास्थल पुग्न अब चार घन्टा लाग्ने उहाँले बताउनुभयो । स्थानीयवासी राजाराम अधिकारीका अनुसार पहिरोमा अझै मानिस जीवितै रहेको अनुमान गरिएको छ । भौतिक क्षतिको अझै अनुमान गर्न सकिएको छैन । पहिरो बगिरहेकाले उद्धारमा कठिनाइ भएको र मृत्यु हुनेको शव निकाल्ने प्रयास भइरहेको छ ।
यसैबीच नुवाकोटको सामरी–७ मा पनि पहिरो गएको छ । घर बगाएको जानकारीपछि प्रहरी घटनास्थलतर्फ हिँडे पनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस