९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या, हिंसा बढ्न थालेपछि धमाधम तराई छाड्दै न्यायाधीशहरु



अ+ अ-

काठमाडौं, भदौ १८ । तराईका जिल्लाहरुमा हत्या, हिंसा बढ्दै गएपछि ती जिल्लाका अधिकांश न्यायाधीशहरु धमाधम काठमाडौं आउन थालेका छन् ।

तीन जिल्लाका १२ जना न्यायाधीशहरु त्यहाँ बस्न नसकेपछि काठमाडौं आइसकेका छन् भने अन्य जिल्ला न्यायाधीशहरुले पनि अवस्था हेरेर आउने सर्वोच्च अदालतलाई जानकारी दिएका समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

धनुषा, रौटहट र महोत्तरी जिल्लाका १२ जना न्यायाधीशहरुले तराईमा बस्न नसक्ने भएपछि सर्वोच्च अदालतको सम्पर्कमा रहने गरी आफूहरुलाई राख्न बिहीबार प्रधानन्यायाधीश समक्ष निवेदन दिएका छन् ।