२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर घटनामा मारिएका प्रहरीका परिवारलाई जनही १० लाख



अ+ अ-

काठमाडौँ, भदौ १८ । गत भदौ ७ गते टीकापुर घटनामा निधन भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपौयाँ दिने निर्णय भएको छ ।

फोटो: नेपाल प्रहरी ।

उक्त घटनामा ज्यान गुमाएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्धय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हबल्दारद्धय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका परिवारलाई नेपाल प्रहरी राहत कोषबाट राहत प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै, निधन भएका प्रहरीका सन्ततिलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने, घाइते प्रहरीको निःशुल्क उपचार गरिने तथा आयआर्जनका लागि सहयोगी कार्यक्रम सन्चालन गरिने जनाइएको छ ।




भर्खरै