• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली

बालकको एक तस्वीरले विश्वभर खलबली



काठमाडौं, भदौ १८ । तीन वर्षीय सिरियाली आप्रवासी बालक टर्कीको एक समुद्री तटमा मृत भेटिएको तस्वीर सार्वजनिक भएपछि त्यसले संसारभर हलचल मच्चाएको छ ।

रातो टिसर्ट लगाएका बालकको तस्वीर टर्कीको समाचार संस्थाले जारी गरेपछि उक्त तस्वीर ‘समुद्री तटमा बगेको मानवता’ ह्यासट्यागमा ट्वीटरमा विश्वभर प्रमुख चर्चाको विषय (ट्रेन्डिङ) भएको छ ।

अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा बालक भेटिएका थिए । टर्कीबाट ग्रीसतर्फ शरणका लागि गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय ती बालक आफ्ना ५ वर्षीय दाजु र आमासँगै डुंगा पल्टिँदा डुबेका थिए ।

ती बालकको शव स्थानीय एक माझीले फेला पारेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले ती बालकको मार्मिक तस्वीरहरु प्रकाशित गरेका छन् ।

उनका पिता अब्दुल्लाह कुर्दी भने बाँच्न सफल भएको जनाइएको छ । यसअघि ती बालकको परिवारले क्यानडामा शरणका लागि निवेदन दिए पनि अस्वीकृत भएको थियो । समुद्र हुँदै युरोप जान खोजेका धेरै व्यक्तिले यो वर्ष ज्यान गुमाइसकेका छन् । (एजेन्सी)