९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चतकालीन पूर्व बन्द



अ+ अ-

पाँचथर, भदौ १८ । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बूवान पार्टी नेपालले शुक्रबारदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।

यसैबीच, विद्यार्थीको भविष्य वर्वाद हुने भन्दै शिक्षण संस्था भने बन्द नगर्ने सो पार्टीले निकालेको विज्ञप्तिमार्फत जनाइएको छ । मोटरसाइकल, दूधको गाडी, शवबाहन, प्रेसका गाडी भने सञ्चालन हुन दिने सो पार्टीले जनाएको छ ।

सवारीसाधन निषेधित क्षेत्रमा झापाका पत्रकार कृष्ण हुमागाईंले मोटरसाइकल चलाएको भन्दै आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको बिना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको पार्टीका महासचिव सूर्य माखिमले जानकारी दिए ।

प्रस्तावित सात वटा प्रदेशमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त प्रदेश राखिनुपर्ने माग गर्दै संघीय लिम्बूवान पार्टी नेपाल आन्दोलित छ । रासस