२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु



अ+ अ-

काठमाडौँ, भदौ १८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ ।

निगमको एयरबस ए ३२० लुम्बिनीले काठमाडौँबाट ५२ यात्रु बोकेर अपराह्न २:०० बजे मुम्बईतर्फ उडान भरेको हो । यसअघि सन् २००५ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–मुम्बई उडान बन्द गरेको थियो ।

निगमको पछिल्लो दुई गन्तव्य उडान थप भएसँगै सात गन्तव्य पुगेका छन्, जसमा भारतका नयाँ दिल्ली, मुम्बई र बैंग्लोर, हङ्कङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र कतारको दोहा छन् ।

पछिल्लो समय निगमले नयाँ एयर बस भित्र्याएपछि मुम्बई उडान सुरु गरिएको हो । सुरुमा साताको दुई दिन सोमबार र शुक्रबार उडान भर्ने निगमले जनाएको छ ।

मुम्बईका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २० हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो ।

सुरुमा साताको दुई दिन मुम्बई उडान सुरु गरेको निगमले पछि सातामा तीन पटक सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरिरहेको छ । रासस,