• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या

हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन



काठमाडौं, भदौ १९ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ ।

आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो ।

‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन’– गृहका एक अधिकारीले भने–‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’

आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको हो ।

‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने–‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’

गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे । तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो । तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ ।

पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो ।

संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् ।