काठमाडौं, भदौ १९ । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका छन् ।
बन्दकर्ताको नाम लिएर चन्दा माग्दा नदिनेलाई निशाना बनाएर धम्की दिनेहरुले शृंखलाबद्ध सुतली बम विस्फोट गराउँदै आएको रहस्य खुलेको हो ।
बम विस्फोट गराएर व्यवसायीलाई आतंकित बनाएपछि रकम असुल्न सहज हुने भएकाले सीमापारिबाट ल्याइएका शक्तिशाली पटाकालाई सुतलीले बेरेर विस्फोट गराउन थालिएको प्रहरीको दाबी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
बम विस्फोटमा संलग्नको खोजी तीब्र बनाउने क्रममा पम्प सञ्चालकसँग भिन्न–भिन्न समूहले रकम मागेको तर नदिएपछि बम विस्फोट गराएर आतंकित बनाउन थालेको अप्रेसुनमा संलग्न एक प्रहरीले जानकारी दिए ।
यद्यपि, प्रहरीले बम विस्फोट गराउने आपराधिक समूह हो वा आन्दोलनकारीमध्येकै हो खुलाउन चाहेको छैन ।