३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयताको विषय आयोग बनाएर टुंग्याउनुपर्छ : नेपाल



अ+ अ-
फाइल फोटो

काठमाडौँ, भदौ १९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संघीताको विषयलाई आयोग बनाएर टुंग्यानुपर्ने बताएका छन् ।

मदन भण्डारी अध्ययन केन्द्र, नुवाकोटले शनिबारआयोजना गरेको ‘संविधान निर्माण र चुनौती’ विषयको विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणका सन्दर्भमा उठेका कुरालाई कार्यदलमा छलफल गरी अघि बढाउनुपर्ने र देखिएको विवाद चाँडो टुंगो लगाउनुपर्नेमा जोड दिए ।

एमाले पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले संविधान निर्माण गर्ने कुरामा राष्ट्रिय नेताहरु एउटा जिल्ला र क्षेत्रमा सीमित दृष्टिकोण राख्न नहुने बताए ।

यस्तै, केन्द्रीय सदस्य ठाकुर गैरेले समाजका सबै जाति वर्ग र समुदायलाई समेटेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।