९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट सभासदलाई पार्टी छोड्न प्रचण्डको चेतावनी



अ+ अ-

काठमाडौं, भदौ २१ । संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराईएको संविधान विधयेकमाथिको संयुक्त संसोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् ।

कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट शनिबार दर्ता गराइएको संसोधनले प्रस्तावले आफ्ना मुद्दा सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका एमाओवादीका सात जना थारु सभासद्लाई उनले भने–‘संविधान कुनै हालतमा जारी गर्न म प्रतिवद्ध छु, तपाईंलाई चित्त बुझ्दैन भने पार्टी छोडेर जानुहोस् ।’

एक सभासद्का अनुसार पार्टीभित्र र बाहिरका शक्ति तथा अन्तर्राष्ट्रिय समुदायका खासगरी भातरको तीव्र दबाबमा रहका प्रचण्डले संविधानसभाबाट संविधान जारी नगरे सशस्त्र जनयुद्धको औचित्य पुष्टि नहुने, राजतन्त्र फर्कने खतरा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता विषय पनि गुम्ने खतरा पैदा भएका कारण प्राप्त उपलब्धि संस्थागत गरेर थप प्राप्तिका लागि संघर्षको बाटो खुल्ला रहने बताएका समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ  ।