२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणी आरोपमा युवकलाई साढे ५ वर्ष कैद



अ+ अ-

इलाम, भदौ २१ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको कसुर पुष्टि गर्दै सोही महलको ३ (५) बमोजिम पाँच वर्ष छ महिना कैद र सोही महलको १० नं बमोजिम पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पशुपतिनगरकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गत साउन १९ गते योल्मुलाई प्रहरीले पक्राउ गरी भदौ १ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस