१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैबुङमा भालु र बँदेलको आतंक, गाउँलेहरु भागाभाग



अ+ अ-
फाइल फोटो

मेलम्ची, भदौ २१ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जंगली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतंकित भएका छन् ।

भालु र बँदेललगायतका जंगली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने हँुदा स्थानीय त्रसित भएका हुन् ।

भालुको आक्रमणबाट हैबुङ गाविस–९ मा यो साता एक व्यक्ति घाइतेसमेत भएको स्थानीय टंकबहादुर थिङले बताए । भालु, बँदेलले मकैबाली सखाप पार्दा किसान चिन्तित भएका छन् ।

थिङका अनुसार हरेक दिन जंगली जनावर मकै बालीमा पस्दा किसानलाई साह्रै समस्यामा पारेको छ । भालु र बँदेलले गाउँका किसानले लगाएको बाली नोक्सान गर्दा हैबुङ गाविस–८ स्थित बोक्राङवासीलाई तीन महिनासम्म खान नपुग्ने अवस्था आएको उनले बताए ।

जंगली जनावरले आक्रमण गर्ने हुँदा अहिले बसोबास गरिरहेका टहरा असुरक्षित रहेको स्थानीय बताउँछन् । भालुले मान्छेलाई आक्रमण गर्न थालेकाले ज्यान जोगाउन मुस्किल भएको टंकबहादुरले बताए ।

मकैबारीमा जंगली जनावर पस्ने भएकाले हैबुङवासी हिजोआज रातभर जाग्राम बस्नुपरेको छ । गाउँमा जंगली जनावर आएपछि भागदौड चल्ने गरेको छ ।

जंगीली जनावरलाई मार्न नपाइने कानुन हुँदा गाउँवासी समस्यामा परेका छन् । त्यत्तिकै छोड्दा ज्यान जोगाउन मुस्किल पर्ने र मार्दा कानुन लाग्ने भएकाले समस्या भएको हैबुङवासीको गुनासो रहेको छ ।

गाउँमा भएको समस्या समाधानका लागि राज्यले चासो देखाउनुपर्ने उनीहरुको भनाइ छ । रासस