२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ‘टोलेगुन्डा’ सक्रिए



अ+ अ-

काठमाडौं, भदौ २२ । जोरपाटीस्थित हेलम्बु बसपार्कनजिकको एक रेस्टुरेन्टमा आइतबार दिउँसो दुई समूहबीच झगडा भयो । मदिराको नसामा रहेका तेन्जिङ शेर्पाले छेउको टेबुलमा बसेका अन्यलाई हेप्न थालेपछि झगडा भएको थियो ।

झगडाको क्रममा स्थानीयले उनीमाथि कुटपिट गर्न थालेपछि उनले कम्मरमा लुकाएको पेस्तोल निकालेर फायरिङ गरे । स्थानीयको सहयोगमा तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिए ।

‘गोली चलाउने शेर्पा गुन्डागर्दीमा संलग्न व्यक्ति भएको खुलेको छ’–महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरहरि रेग्मी भन्छन्–‘गुन्डागर्दी गर्नकै लागि गत वर्ष भारतबाट ९० हजारमा पेस्तोल किनेर ल्याएको रहेछ ।’

प्रहरीका अनुसार स्वयम्भू बस्ने शेर्पाले पेस्तोल देखाएर धम्क्याएर राजधानीमा गुन्डागर्दी र पैसा असुल्दै आएका थिए । राजधानीका सबैजसो टोलमा शेर्पाजस्तै गुन्डाहरू रहेको प्रहरीको भनाइ छ । उनीहरूलाई प्रहरीले ‘टोलेगुन्डा’ भन्ने गरेको समाचार आजको नयाँ पत्रिकमा दैनिकमा छापिएको छ ।

टोलेगुन्डा सयौँको संख्यामा राजधानीमा सक्रिय रहेको र धाकधम्की देखाएर असुली गर्दै आएको प्रहरीले जनाएको छ । रेस्टुरेन्टहरूमा सित्तैमा खानेदेखि उनीहरूले धम्की दिएर पैसा असुल्नेसम्म गर्छन् ।

आफ्नो टोलमा गुन्डागर्दी गरेकै आरोपमा एक युवा हाल महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा छन् । असिम भनिने निसान गुरुङले चाबहिल, गौशाला, रातोपुल तथा कालोपुल क्षेत्रमा धम्क्याउँदै आएका थिए ।

पछिल्लो समय सो क्षेत्रमा काम गर्ने ठेकेदारहरूलाई धम्क्याएर उनले पैसा असुलेको सूचनाका आधारमा पक्राउ गरिएको गौशाला वृत्तका डिएसपी सुरेन्द्र मैनालीले बताए । सो क्षेत्रमा गुरुङजस्ता अरू गुन्डा पनि धेरै रहेको प्रहरीले जनाएको छ ।

ठूला डन भागेपछि टोले सक्रिय
डन कुमार घैँटे मारिएपछि राजधानीबाट गुन्डागर्दीका ठूला नाइकेहरू बाहिरिएका छन् । तर, टोलेगुन्डाहरू सक्रिय नै छन् । रेस्टुरेन्ट, कलेज, मेनपावर मात्र होइन, उनीहरूले सामान्य पसलेलाई समेत धम्क्याउने गरेका छन् ।

विवरण संकलन र निगरानी बढाउँदै प्रहरी
महानगरीय अपराध महाशाखाका डिएसपी रमेश थापाले टोलेगुन्डाहरूको विवरण संकलन गरी निगरानी भइरहेको बताए । उनले भने–‘सूचना संकलनको काम गरिरहेका छौँ, ठूला–साना जो भए पनि गुन्डागर्दीविरुद्ध कडा नीति अपनाउँछौँ ।’

रेस्टुरेन्टमा गोली चलाउने शेर्पा पक्राउ
जोरपाटीस्थित हेलम्बु बसपार्कनजिकको एक भट्टी पसलमा आइतबार दिउँसो पेस्तोलबाट गोली चलाउने तेन्जिङ शेर्पा आइतबार पक्राउ परेका छन् । प्रहरीका अनुसार शेर्पाले भारतबाट ९० हजारमा पेस्तोल किनेर ल्याएको र त्यही देखाएर धम्क्याएर पैसा असुल्दै आएका थिए ।




भर्खरै