३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

राष्ट्रपतिद्धारा २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान

राष्ट्रपतिद्धारा २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान
अ+ अ-

काठमाडौं, भदौ २२ । राष्ट्रपति डा. रामवरण यादवले ३६औँ राष्ट्रिय शिक्षा दिवस २०७२ को उपलक्ष्यमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गरेका छन् ।

फोटोः रासस ।

राष्ट्रपति यादवले मंगलबार बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा १४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेका हुन् ।

विद्यावारिधिको उपाधि प्राप्त गर्नेलाई ‘क’ श्रेणी, विश्वविद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तहको विभिन्न संकायको परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्नेलाई ‘ख’ श्रेणी र स्नातक तहमा सर्वोकृष्ट नजिता हासिल गर्नेलाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिन्छ ।

समारोहमा राष्ट्रपति यादवले स्नातकतहतर्फको २०७१ सालको नेपाल छात्रा विद्यापदक ३१ जना र प्रमाणपत्र तहतर्फको नेपाल छात्रा विद्यापदक आठ जना छात्रालाई प्रदान गरे ।

यस वर्षको शिक्षा दिवसको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, शिक्षामन्त्री चित्रलेखा यादवलगायत नेपाल सरकारका विशिष्ट अधिकृतहरु सहभागी थिए । रासस