३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्मान

शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्मान
अ+ अ-

काठमाडौँ, भदौ २२ । छब्बीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा विभिन्न विद्यालयलाई राष्ट्रिय तथा क्षेत्रीय शिल्ड, ध्वजा, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

शिक्षा मन्त्री चित्रलेखा यादवले सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमा युवा सहभागिता मावि सीतापाइला र संस्थागत विद्यालयतर्फ नाइटिङ्गेल इन्टरनेश्नल मावि ललितपुरलाई रु दुई÷दुई लाख राशिका पुरस्कारका साथै राष्ट्रिय शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

क्षेत्रीयस्तरमा सामुदायिक विद्यालयतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका क्रमशः बरुणेश्वर उमावि ओखलढुङ्गा, तरुण मावि काठमाडौँ, कान्ति उमावि रुपन्देही, भैरव उमावि जुम्ला र समैजी उमावि कैलालीले रु एक÷एक लाख राशिको पुरस्कार प्राप्त गरेका थिए ।

क्षेत्रीयस्तरमा संस्थागत विद्यालयतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका क्रमशः बालकल्याण विद्या मन्दिर मोरङ, द एक्सेलसियर आवासीय मावि काठमाडौँ, गण्डकी आवासीय उमावि कास्की, तुलसी आवासीय मावि दाङ, र इन्टरनेशनल पब्लिक स्कुल कञ्चनपुरले पनि रु एक÷एक लाख राशिको पुरस्कार प्राप्त गरेका थिए ।

घोषित दुर्गम क्षेत्रबाट राहदेव मावि जुम्लाले रु एक लाख पुरस्कार र उत्कृष्ट क्याम्पसतर्फ महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम र जनप्रिय बहुमुखी क्याम्पस पोखराले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सिफारिस भएका पाँच विकास क्षेत्रका प्राविधिक शिक्षालय ती शिक्षालयबाट सीप सिकेर सफल व्ययसायायी बनेका उद्यमी र उपत्यकाव्यापी सडक दौड प्रतियोगिताका विजयी छात्र–छात्रालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

शिक्षामन्त्री यादवले माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने र निरक्षरता उन्मूलन गर्ने जस्ता विषयलाई कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिँदै ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने यस वर्षको नाराबमोजिम शिक्षा क्षेत्रका सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यार्थी भर्ना दर, लैङ्गिक अनुपात, समावेशीकरण, सामुदायिक सहभागिता, शिक्षकका पढाइका साथै आवश्यक पूर्वाधारमा सुधार ल्याइएको, कानुनी, नीतिगत तथा संस्थागत सुधारका कार्य गरिएको, साक्षरताको अवस्थामा प्रगति भएको र माध्यमिक तहदेखि नै व्यावसायिक शिक्षा प्रारम्भ गरिएको पनि उल्लेख गर्नुभयो ।

मन्त्री यादवले शिक्षाको गुणस्तरमा सुधार ल्याउन पाठ्यक्रम, शिक्षा नीति, शिक्षण पद्धति, परीक्षा प्रणालीमा सुधार ल्याउने काम भएको, शिक्षाको उपलब्धिको मापन गर्र्ने कार्य अघि बढेको, विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शिक्षा ऐनमा संशोधन र उच्च शिक्षा सुधारका लागि एकीकृत विश्वविद्यालय छात्रा ऐन ल्याउने प्रयास भएको पनि जानकारी दिनुभयो ।

शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा दिवसका अवसरमा विभिन्न क्षेत्रबाट ७१८ जना पुरस्कृत भएको जानकारी दिँदै सरकारले आफ्नो साधन र स्रोतले भ्याएसम्म शिक्षा क्षेत्रमा गरेको लगानीको राम्रो प्रगति भएपनि अझ धेरै प्रगति गर्न बाँकी रहेको छ भन्नुभयो ।

उहाँले वैशाख १२ गतेको भूकम्पले देशभरका आठ हजार विद्यालय क्षतिग्रस्त भएकामा लगभग ३० हजार कक्षाकोठा ध्वस्त भएका र शिक्षण संस्थामा भएको क्षतिको पुनःनिर्माणका लागि करिब ४० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान भएको र सरकारले तीन वर्षभित्र पुनःनिर्माण सक्ने तयारी गरेको छ भन्नुभयो । रासस