२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प र पहिरो पीडितको राहत सामग्री सड्न थाल्यो



अ+ अ-

म्याग्दी भदौ २३ । म्याग्दीका भूकम्प र पहिरो पीडितका लागि भित्रिएको राहत सामग्री वितरण नहुँदा सड्न थालेको छ ।

जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको गोदाममा राखिएको कतिपय खाद्य सामग्रीको म्याद सकिन थालेको छ ।

भूकम्प पीडित र बैँसरीका पहिरो पीडितका लागि भनेर जिल्ला विपद् व्यवस्थापन समितिलाई गत जेठमा भैरहवास्थित सरकारी गोदामबाट दुई ट्रक राहत सामग्री प्राप्त भएको थियो । चामल, मैदा, बिस्कुट, दाल लगायतका खाद्यान्न तथा पाल, कम्बलजस्ता सामग्री गोदाममा थन्किएका छन् । भूकम्प पीडितको विवरण सङ्कलन गर्न र वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा राहत सामग्री ढुवानी गरी वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । गाविस सचिवमार्फत सङ्कलन गरिएको भूकम्प पीडितको विवरण वास्तविक नभएपछि परिचयपत्र वितरणमा ढिलाइ भएको हो ।

बाबियाचौर र अर्मन गाविसबाट प्राप्त भएको विवरणमा गाविसको अधिकांश घरधुरी भूकम्प पीडित भएको देखिएपछि प्रजिअको नेतृत्वमा गत हप्ता अनुगमन गर्दा गाविसको सिफारिसभन्दा फरक अवस्था पाइएको छ । अहिले दुई गाविसबाहेक नगरपालिकाका सबै वडा र गाविसमा भूकम्प पीडितको परिचयपत्र वितरणको काम भइरहेको छ । परिचयपत्र वितरण भइसकेपछि असोज १५ गतेभित्र पूर्ण क्षति भएकालाई राहत सामग्री उपलब्ध गराउने प्रजिअ पाठकले बताउनुभयो । म्याग्दीमा पूर्ण क्षति भएका भूकम्प पीडितको सङ्ख्या दुई सय छ ।

यसैगरी गत जेठ १० गते राम्चे–९ काफलडाँडाबाट खसेको पहिराले पूरै बस्ती पुरिएपछि घरबारविहीन भएका बैँसरीका पहिरो पीडितले पनि सरकारी राहत पाउन सकेका छैनन् । आपूmहरुका लागि प्राप्त भएको राहत सामग्री गोदाममा सडेर नष्ट हुने अवस्थामा पुग्दासमेत वितरणमा बेवास्ता भएको पहिरो पीडितको गुनासो छ । रासस