३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

भूकम्प र पहिरो पीडितको राहत सामग्री सड्न थाल्यो

भूकम्प र पहिरो पीडितको राहत सामग्री सड्न थाल्यो
अ+ अ-

म्याग्दी भदौ २३ । म्याग्दीका भूकम्प र पहिरो पीडितका लागि भित्रिएको राहत सामग्री वितरण नहुँदा सड्न थालेको छ ।

जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको गोदाममा राखिएको कतिपय खाद्य सामग्रीको म्याद सकिन थालेको छ ।

भूकम्प पीडित र बैँसरीका पहिरो पीडितका लागि भनेर जिल्ला विपद् व्यवस्थापन समितिलाई गत जेठमा भैरहवास्थित सरकारी गोदामबाट दुई ट्रक राहत सामग्री प्राप्त भएको थियो । चामल, मैदा, बिस्कुट, दाल लगायतका खाद्यान्न तथा पाल, कम्बलजस्ता सामग्री गोदाममा थन्किएका छन् । भूकम्प पीडितको विवरण सङ्कलन गर्न र वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा राहत सामग्री ढुवानी गरी वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । गाविस सचिवमार्फत सङ्कलन गरिएको भूकम्प पीडितको विवरण वास्तविक नभएपछि परिचयपत्र वितरणमा ढिलाइ भएको हो ।

बाबियाचौर र अर्मन गाविसबाट प्राप्त भएको विवरणमा गाविसको अधिकांश घरधुरी भूकम्प पीडित भएको देखिएपछि प्रजिअको नेतृत्वमा गत हप्ता अनुगमन गर्दा गाविसको सिफारिसभन्दा फरक अवस्था पाइएको छ । अहिले दुई गाविसबाहेक नगरपालिकाका सबै वडा र गाविसमा भूकम्प पीडितको परिचयपत्र वितरणको काम भइरहेको छ । परिचयपत्र वितरण भइसकेपछि असोज १५ गतेभित्र पूर्ण क्षति भएकालाई राहत सामग्री उपलब्ध गराउने प्रजिअ पाठकले बताउनुभयो । म्याग्दीमा पूर्ण क्षति भएका भूकम्प पीडितको सङ्ख्या दुई सय छ ।

यसैगरी गत जेठ १० गते राम्चे–९ काफलडाँडाबाट खसेको पहिराले पूरै बस्ती पुरिएपछि घरबारविहीन भएका बैँसरीका पहिरो पीडितले पनि सरकारी राहत पाउन सकेका छैनन् । आपूmहरुका लागि प्राप्त भएको राहत सामग्री गोदाममा सडेर नष्ट हुने अवस्थामा पुग्दासमेत वितरणमा बेवास्ता भएको पहिरो पीडितको गुनासो छ । रासस