३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

उग्र स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग – गृह

उग्र स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग – गृह
अ+ अ-

काठमाडौँ, भदौ २३ । गृह मन्त्रालयले संयुक्त मधेसी मोर्चाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको जनाएको छ ।

प्रान्तीय सीमाङ्कनको विषयलाई लिएर तराई मधेसमा जारी आन्दोलनमा स्थिति असहज भएपछि प्रहरीद्वारा चलाइएको गोली लागेर आज चारजना प्रदर्शनकारीको मृत्यु भएको घटनाबारे प्रस्ट पार्दै मन्त्रालयले सो कुरा जनाएको हो ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा आज साँझ जारी विज्ञप्तिमा प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग खण्डमा रुख ढाल्ने, ढुङ्गामुढा थुपारेर सडक अवरुद्ध गर्ने र प्रहरीमाथि ढुङ्गा प्रहार गरी स्थितिलाई तनावपूर्ण बनाएको उल्लेख छ ।

“तनावपूर्ण स्थितिमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रणमा राख्न बाध्य भई बल प्रयोग गर्दा पोर्ताहा–१ बस्ने रामकृष्ण राउतको मृत्यु हुन गएको छ” – विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महोत्तरीमा मधेसी मोर्चाका अराजक, उत्तेजक र नेतृत्वविहीन बन्दकर्ताले जिल्ला न्यायाधीशको निवासमा आगजनी तथा जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेको गरेको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा तीनजनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्रालयले बताएको छ ।

विराटनगर रानीस्थित सीमावर्ती भन्सार कार्यालय नजिकको प्रहरी बिटमा बन्दकर्ताले तोडफोड गर्न खोजेको र पाँचजना सुरक्षाकर्मीमाथि पेट्रोल छर्की आगो लगाउन खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार महोत्तरी सदरमुकाम क्षेत्रमा स्थानीय प्रशासनले बेलुकी ८ बजेदेखि निषेधाज्ञा कफ्र्यु जारी गरेको छ । साथै, आन्दोलनका क्रममा घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर त्यसतर्फ पठाइएको मन्त्रालयले जानकारी दिएको छ । रासस