३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

विधेयकको संशोधन प्रस्तावमाथि दफावार छलफल जारी

विधेयकको संशोधन प्रस्तावमाथि दफावार छलफल जारी
अ+ अ-

काठमाडौँ, भदौ २३ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि सदस्यबाट प्राप्त संशोधनसहित दफावार छलफल संविधानसभाको आजको बैठकमा जारी नै रहेको छ ।

सो क्रममा नेपाल मजदुर किसान पार्टीका सभासद् डिल्लीप्रसाद काफ्लेले लामो समयदेखि मुलुकमा अस्थिर राजनीतिक अवस्थालाई अन्त्य गर्न संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था राख्ने संशोधन प्रस्ताव पेस गर्नुभयो ।

सोही पार्टीका सभासद् अनुराधा थापा मगरले हिमाल, पहाड र तराईलाई समेटेर प्रदेश निर्माण गरिनुपर्ने, मुलुकको क्षेत्रफल संविधानमै उल्लेख गर्नुपर्ने, गाई होइन गँैडालाई राष्ट्रिय जनावरको मान्यता दिइनुपर्ने, बस र सिनेमाको टिकटजस्तै विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

एनेकपा ९माओवादी०का सभासद् दलजित विके श्रीपालीले दलितलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गरेरमात्र संविधान जारी गर्नुपर्छ भन्ने अभियानमा सबैको साथ र समर्थन हुने अपेक्षा गर्दै संसदीय र स्थानीय निकायको निर्वाचनमा दलित समुदायका लागि १० प्रतिशत आरक्षण सिट कायम गरिनुपर्ने माग गर्नुभयो ।

सोही पार्टीका सभासद् अनिता परियारले दलित समुदायका हकअधिकार स्थापित गराउने विषयमा राजनीतिक दलका नेताले अझै हृदय विशाल बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सभासद् धनमाया विश्वकर्माले नयाँ संविधानमा राज्यले लामो समयदेखि पछि पारेका समुदायको हकअधिकारको सुनिश्चितता गर्ने काममा प्रमुख दलका शीर्ष नेताले अझै पनि कानमा तेल हालेर बसेको गुनासो गर्नुभयो ।

एनेकपा ९माओवादी०का सभासद् श्याम श्रेष्ठले मधेसी, थारु, मुस्लिमलगायत आदिवासी जनजातिको जनसङ्ख्याका आधारमा राज्यका निकायमा प्रतिनिधित्व सुनिश्चित गरेका खण्डमा मुलुकभर फैलँदै गएको आन्दोलन मत्थर हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही दलका सन्तकुमार थारुले राज्यले उत्पीडित समुदायलाई राज्यले सेवा दिनेगरी नयाँ संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभासद् गौरी शङ्कर चौधरीले संविधान जारी गर्नुपर्ने बेलामा कतिपय पार्टीका नेता, कार्यकर्ता र जनता सडकमा किन जानुपर्ने परिस्थिति सिर्जना भयो त्यसको नेतृत्व तहबाट सोचेर विश्लेषण गर्नुपर्छ भन्नुभयो ।

एनेकपा ९माओवादी०कै मानपुर चौधरीले मधेसी, आदिवासी, जनजातिलगायतले उठाएका मुद्दालाई गम्भीरतापूर्वक लिएर सम्बोधन गरेमा मात्र जनताले संविधान स्वामित्व ग्रहण गर्ने धारणा राख्नुभयो ।

सभासद् रामसिंह यादवले मधेसका जनताले आफ्नो हक हितको माग राखेर गरेको आन्दोलनका आवाजलाई सम्बोधन गर्नुको साटो दमन गर्ने काम गरेको भनी आपत्ति जनाउनुभयो ।

नेकपा ९माले०का महासचिव एवम् सभासद् चन्द्रप्रकाश मैनालीले परिमार्जित विधेयकका ४१ वटा विषयमा भिन्न मत र ३६ मा संशोधन हालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक सय २५ जातजाति रहेको मुलुकमा जातीय प्रदेश नामाकरण गर्नै सकिँदैन, हालको पाँच विकास क्षेत्रलाई प्रदेशका रुपमा रुपान्तरण गर्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ, नेपाल र भारतबीचको सीमालाई नियमन गर्न आवश्यक छ ।

सोही पार्टीका सभासद् कमला विश्वकर्माले दलित र महिलाको विषयमा पार्टीले उठाएका मुद्दालाई स्थापित गराउन अरु दलका सदस्यको समेत सहयोग र समर्थन हुने विश्वास व्यक्त गर्नुभयो ।

सभासद् शिवचन्द्र चौधरीले सङ्घीयता र सामाजिक न्यायका मामिलामा पार्टीले राखेको संशोधन र सुझावलाई समर्थन गर्न बैठकमा आग्रह गर्नुभयो ।

सोही पार्टीका सभासद् कलसादेवी महराले संसदीय निर्वाचनमा चक्रीय प्रणालीद्वारा महिलाका लागि आरक्षण सिट तोकिनुपर्ने, स्थानीय निकायमा महिलाको प्रतितिधित्व कम्तीमा ५० प्रतिशत राख्नुपर्ने पार्टीले प्रस्ताव गरेको जानकारी दिनुभयो । संविधानसभाको बैठक जारी छ । रासस
काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९नेपाल० संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ ।

नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा अध्यक्ष नेम्वाङलाई भेटेर उहाँले पार्टीले उठाएको जनमत सङ्ग्रहलगायतका एजेन्डामा कुनै सुनुवाइ नभएको जारी पृष्ठभूमिमा पार्टी हाललाई अलग रहने निर्णय गरेको व्यहोरा लिखित रुपमै जानकारी गराउनुभएको हो ।

उक्त पत्रमा संविधान निर्माणको वर्तमान चरणमा आइपुग्दा देशका विभिन्न भागमा जनता आन्दोलित रहेको र कतिपय राजनीतिक प्रक्रियाबाट बाहिरिँदै गएको जनाउँदै राप्रपा ९नेपाल०लाई निरन्तर निषेध गर्ने गरिएको उल्लेख गरिएको छ । रासस