९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्धारा चार दलबीच भएको १६ बुँदे सहमतिको प्रमाण माग



अ+ अ-

काठमाडौं, भदौ २४ । सर्वोच्च अदालतले दलहरूबीच भएको १६ बुँदे राजनीतिक सहमति संविधानसभाभित्र प्रवेश गराउने आधार खोज्दै त्यसको प्रमाण उपलब्ध गराइदिन सरकारका नाममा आदेश जारी गरेको छ ।

दलहरूबीच भएको सहमति रोक्न दायर रिटमा दोस्रो सुनुवाइ गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।

‘चार राजनीतिक दलबीच भएको सहमति संविधानसभाको तत्वावधानमा वा के–कस्तो तरिकाबाट भएको हो, सो कुरा खुल्ने सम्बन्धित बैठकको निर्णयसहितको सक्कल पुस्तिका उपलब्ध गराइदिनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयमार्फत संविधानसभामा प्रवेश भएको उक्त सहमतिको निर्णयपुस्तिका सक्कलै अदालतमा पेस गर्न भनेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

यसअघि न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले असार ४ गते १६ बुँदे सहमतिका केही बुँदा अन्तरिम संविधानविपरीत रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसलगत्तै बसेको दलहरूको बैठकले संविधान निर्माणप्रक्रिया नरोक्ने निर्णय गरेका थिए । ‘संविधानसभाको काम अदालतको निर्णयअनुसार नहुने’ भन्दै आएका दलहरू अन्ततः अदालतको आदेशअनुसार नै प्रदेश सीमांकनमा लागेका थिए । सुरुमा ६ प्रदेशमा सहमत भएका दलहरुले आन्दोलनपछि ७ प्रदेशमा सहमति गरेका थिए ।

दलहरूबीचको सहमति अवैधानिक भएकाले खारेज हुनुपर्ने माग गर्दै पूर्वराजदूत विजयकान्त कर्ण र रक्षाराम हरिचनले सर्वोच्चमा रिट दायर गरेका थिए । कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले हस्ताक्षर गरेको उक्त सहमतिमा संघीय आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले प्रदेश सीमांकनको अन्तिम निर्णय गर्ने भनिएको थियो । यो बुँदा अन्तरिम संविधानको व्यवस्थाविपरीत रहेको जिकिर रिटमा गरिएको छ ।