२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्याक’ हुँदा लेखेटेपछि प्रहरीले चलायो गोली



अ+ अ-

काठमाडौं, भदौ २४ । बन्दकर्ता र प्रहरीबीच बुधबार दिउँसो जलेश्वरको महेन्द्र चौकमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना प्रर्दशनकारीको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापरसहित तीन जनाको जलेश्वर अस्पतालमा मृत्यु भएको जलेश्वर अस्पतालका डाक्टर सतिस साहले पुष्टि गरेका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका जलेश्वरका वीरेन्द्र बिच्छाको टाउँकोमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको अञ्चल अस्पतालले जनकपुरले बताएको छ ।

पिगौनाका धीरेन्द्र महतोलाई ढाडमा गोली लागेर घाइते भएका छन् । जलेश्वरका सतोष साह, भटौलियाका अभिनास यादव र जलेश्वरनगरपालिका घर भएका रामविकास साह गोलीको छर्रा लागेर घाइते भएपछि अहिले उनीहरुको जनकपुर अञ्चल अस्पताल उपचार भइरहेको छ । त्यसैगरी एकडाराका शंकर पासवान र पिगौनाका विकास मिश्राको जलेश्वर स्थित शान्ति कम्पयुनिट हस्पिटलमा उपचार भइरहेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

यता प्रहरीको लाठी प्रहार र अश्रुग्यासको धुँवाले ५० भन्दा बढी प्रर्दशनकारी घाइते हुन पुगेका छन्  दिउँसो २ बजेतिर गाउँगाउँबाट बन्दमा समर्थन जनाउन जलेश्वर आएका प्रर्दशनकारी र प्रहरीबीच झडप शुरु भएर जलेश्वरमा तनाव शुरु भएको थियो ।

मोटरसाइकल, साइकल र ट्रयाक्टरमा आएका प्रदर्शनकारीहरुले सदरमुकाम जलेश्वरका विभिन्न भागमा लाठी जुलुस प्रर्दशन गर्दै महेन्द्र चोक पुगेको थियो । प्रर्दशनकारीहरुले महेन्द्र चोकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न खोज्दा प्रहरी पछाडि हटेको थियो ।

महेन्द्र चोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएपछि प्रर्दशनकारी झन् उग्र भएका थिए । उनीहरुले पछि हट्दै गएका सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको गेट अगाडिसम्म लखेटेर आक्रमण गर्न थालेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयलाई नै निसाना बनाएपछि प्रहरीले भित्रबाट अश्रुग्यास प्रहार गर्न सुरु गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारी अश्रुग्यास हान्दा समेत पछि नहेटेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रर्दशनकारीहरुलाई तितरवितर गर्न कार्यालयभित्रैबाट प्रहार गरेको अश्रुग्यास सर्वसाधारणका घरमा पुगेको थियो। त्यसबाट सर्वसाधारण पीडित बन्न पुगे ।

प्रहरीले फालेको अश्रुग्यासबाट घरमा बसिरहेका महिला तथा बालबालिकाले समेत सास्ती भोग्नु पर्‍यो। प्रर्दशनकारीको संख्या बढी भएकोले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको भयो ।




भर्खरै