३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

संविधानको विधेयक संशोधनमा छलफल जारी, ‘कोही कसैले आत्तिनु पर्दैन’

संविधानको विधेयक संशोधनमा छलफल जारी, ‘कोही कसैले आत्तिनु पर्दैन’
अ+ अ-

फाइल फोटो

काठमाडौँ, भदौ २४ । संविधानको परिमार्जित विधेयक, २०७२ माथि विहीबार पनि सभासदहरुले राखेको संशोधन प्रस्तावमा दफाबार छलफल जारी रहेको छ ।

छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीका सभासद श्रीप्रसाद जगेबुले आदिवासी, जनजाति तथा थारु समुदायले राखेका जायज मागलाई सम्बोधन गरी संविधान जारी गर्नुपर्ने धारणा राखे ।

उनले अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समितिले पारित गरेको पहिचान र सामथ्र्यका आधारमा प्रदेशको निर्माण गर्नुपर्ने र पहिचानलाई विशेष ध्यान दिन आग्रह गरे ।

सोही दलका सभासद लालबहादुर गुरुङले हिमाल पहाड, तराईले अपनत्व महसुस गर्ने संविधान जारी गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रमुख राजनीतिक दलले गरेको प्रदेशको सीमा निर्धारणपछि तराई मधेसका विभिन्न जिल्लामा ४९ जनाको निधन भएको प्रसंग उल्लेख गर्दै उनले दलहरुबीच मजबुत एकताको आवश्यकता औंल्याए ।

एमाओवादीकै सभासद योगेन्द्र तामाङ घिसिङले प्रमुख राजनीतिक दलले असन्तुष्ट पक्षलाई वार्तामा ल्याउन पहल नगरेको र आन्दोलनरत दल पनि मुलुकलाई कसरी असफल बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको भन्दै समस्या समाधान गर्न दुवै पक्षले विशेष ध्यान दिन ध्यानाकर्षण गराए ।

उनले सरकारी कामकाजको भाषामा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने, राज्यका हरेक निकायमा समावेशी तथा समानुपतिक नीति अवलम्बन गर्नुपर्ने, महिलालाई विशेष अधिकार दिनुपर्नेमा जोड दिए ।

एमाओवादीकै सभासद राधिका तामाङले संघीयता, समावेशीता, समानुपातिक सिद्धान्त लोकतन्त्रको आधारभूत सिद्धान्त भएकाले त्यसलाई पूर्णरुपमा लागू गर्नुपर्ने, संवैधानिक निकायमा समानुपातिक तवरले नियुक्ति हुने व्यवस्था गर्न माग गरिन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले परिमार्जित विधयेक पूर्ण नभए पनि अन्तिम नभएकाले कोही कसैले आत्तिनु नपर्ने बताए ।

उनले संशोधन विधेयक प्रमुख तीन दलको मात्रै दस्तावेज नभएकाले संविधानसभामा प्रतिनिधित्व गर्ने धेरैजसो दलको प्रस्ताव भएकाले साझा प्रस्ताव बनाउने प्रयत्न गरिएको र कुल ७५ विषयलाई मिलाइएको जानकारी गराए ।

संघ–प्रदेश, प्रदेश–प्रदेशबीच देखिने विवाद अन्त्य गर्न सर्वोच्च अदालतमा संवैधानिक बेञ्च स्थापना गरिएको, समावेशी तथा समानुपातिक प्रणालीलाई संस्थागत गर्न विभिन्न आयोग बनाउन लागिएको उनको धारणा थियो ।

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले संविधानसभाको प्रक्रियाभन्दा बाहिर गएका राजनीतिक दलको सहमतिमा नै विधेयकको परिमार्जन गरिएको, संविधानवादलाई स्वीकार गरिएको, संघीयताको आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गरिएकाले कोही कसैले आत्तिनुनपर्ने बताए ।

नयाँ संविधानमा धेरैभन्दा धेरै मौलिक हक व्यवस्था गरिएकाले ती अधिकार दैनिक जनजीवनमा लागू गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न उब्जिएको भन्दै उनले तीन दलका तर्फबाट गरिएको संशोधनमा छुटेका केही विषयवस्तुलाई थप व्यवस्थित गर्नु आवश्यक रहेको धारणा राखे ।

यस्तै, एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले अघिल्लो संविधानसभाको चार वर्ष र वर्तमान संविधानसभाको १९ महिनाको लामो छलफलपछि संविधान निर्माण प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताए ।

उनले उत्पीडित, दलित, आदिवासी, जनजाति, मधेसी, कर्णाली, थारु समुदायको भावनालाई अधिकतम सम्बोधन गरिएको भए पनि संशोधन पूर्ण नभएको, भएपनि मुलुकको विशिष्टता र आवश्यकतालाई ख्याल गर्दै आफूहरुलाई धेरै विषयमा चित्त नबुझे पनि सहमत भएको तर्क गरे ।

संविधानसभा असफल भए पनि होओस् भन्ने प्रवृत्तिलाई अन्त्य गर्दै प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारप्राप्तिका लागि लड्नुपर्ने, मुलुकका विभिन्न स्थानमा उठेका सकारात्मक माग र आन्दोलनलाई सम्बोधन गर्नुपर्ने उनको धारणा थियो ।

उनले थारुको सघन क्षेत्रलाई मिलाएर नयाँ प्रदेश बनाउनुपर्ने, मगर बाहुल्य क्षेत्रलाई विभिन्न प्रदेशमा टुक्र्याउन नहुने तर्क गर्दै संविधानसभालाई सफल बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।