• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था ★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने ★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने ★   फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु ★   माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके ★   कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह ★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली

‘लिम्बूवान राज्य’ माग्दै पूर्वका ९ जिल्लामा आमहड्ताल



पाँचथर, भदौ २४ । लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त संघर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।

पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १६९, युएन् ड्रिपलाई संस्थागत गर्न माग गर्दै बन्दको आह्वान गरिएको समितिले जनाएको हो ।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा बन्दको प्रभाव बिहानैबाट परेको छ ।

यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्थासमेत ठप्प छन् ।

मोटरसाइकलसमेत सञ्चालन हुन नदिने लिम्बूवान संयुक्त संघर्ष समितिले जनाएको छ । बन्द सफल पार्न बिहानैदेखि बन्दकर्ता चोकचोकमा बजार पसल बन्द गराउँदै हिँडेका छन् ।

समितिले विहीबार (आज) र शुक्रबार (भोलि) आमहड्तालको आह्वान गरेको हो । रासस