२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लिम्बूवान राज्य’ माग्दै पूर्वका ९ जिल्लामा आमहड्ताल



अ+ अ-

पाँचथर, भदौ २४ । लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त संघर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।

पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १६९, युएन् ड्रिपलाई संस्थागत गर्न माग गर्दै बन्दको आह्वान गरिएको समितिले जनाएको हो ।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा बन्दको प्रभाव बिहानैबाट परेको छ ।

यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्थासमेत ठप्प छन् ।

मोटरसाइकलसमेत सञ्चालन हुन नदिने लिम्बूवान संयुक्त संघर्ष समितिले जनाएको छ । बन्द सफल पार्न बिहानैदेखि बन्दकर्ता चोकचोकमा बजार पसल बन्द गराउँदै हिँडेका छन् ।

समितिले विहीबार (आज) र शुक्रबार (भोलि) आमहड्तालको आह्वान गरेको हो । रासस