९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य एकैदिन ६ सयले घट्यो



अ+ अ-

काठमाडौं, भदौ २४ । सुनको भाउमा विहीबार एकैदिन तोलामा ६ सय रुपैयाँले कमी आयो ।

बुधबार स्थीर रहेको सुनको मूल्य विहीबार तोलामा ६ सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजाबी सुन तोलाको ४९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ५० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

विहीबार चाँदीको भाउ पनि तोलमा ५ रुपैयाँले घटेर ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावले यहाँको बजारमा तलमाथि भइरहेको महासंघले जनाएको छ ।