काठमाडौं, भदौ २४ । सुनको भाउमा विहीबार एकैदिन तोलामा ६ सय रुपैयाँले कमी आयो ।
बुधबार स्थीर रहेको सुनको मूल्य विहीबार तोलामा ६ सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजाबी सुन तोलाको ४९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ५० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
विहीबार चाँदीको भाउ पनि तोलमा ५ रुपैयाँले घटेर ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावले यहाँको बजारमा तलमाथि भइरहेको महासंघले जनाएको छ ।